Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 6, 2015

नेपाल बिरुद्ध मोर्चाले ४० लाख हस्ताक्षर यूएनमा बुझाइने

नेपाल राजनितिक पार्टी बिरुद्ध अभियान सफल पार्नको लागि मधेशी कार्यकरताले ४० लाख हस्ताक्षर यूएनमा बुझाइने भनी Google मा थरुहट मधेसको आन्दोलनलाई अन्तराष्ट्रियक अन्तराष्ट्रियकरण गर्ने भएको छ। यसका लागि तराई मधेसबाट कम्तिमा ४० लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघका महासचिवलाई हस्तान्तरण गरिने मोर्चाले जनाएको छ । मंगलबार वीरगन्जको घन्टाघरबाट एक हप्ते हस्ताक्षर अभियान थालिएको छ । अान्दोलनमा समर्थन जुटाउन र जारी गरिएको नयाँ संविधानमा थरुहट/मधेसीका हक/अधिकार सुनिश्चित गर्न हस्ताक्षर अभियान सुरु गरिएको मोर्चाले जनाएको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य राजकुमार यादवका अनुसार मधेस आन्दोलनलाई अन्तराष्ट्रियकरण र यूएनको समर्थन जुटाउन लागि अभियान थालिएको हो । 'मधेसका विभिन्न सहर, गाउँमा अभियान सञ्चालन गरि न्यूनतम ४० लाख हस्ताक्ष्ार संकलन गरिने छ,' उनले भने, 'शन्तिपूर्ण आन्दोलनलाई अन्तराष्ट्रियकरण गर्ने अभियान हो । 
 मोर्चाले यस प्रकारको ऑनलाइन फॉर्म  फॉर्म जारी गरेको छ ........
यस अभियान सफल पार्नको लागि Online हस्ताक्षर गर्न यहाँ क्लिक गर्नुहोसhttps://docs.google.com/…/10cHeq8NQcYh3nmFbCo2M-E_…/viewformआफ्नो नाम, ईमेल ठेगाना र स्थाई ठेगाना भर्नुहोस् , त्यसपछि Submit मा क्लिक गर्नुहोस।


भारतीय दूतावासले पनि माग्यो तेल

काठमाडौं, २० असोज - अघोषित नाकाबन्दी गरिरहेको भारथतकै दूतावासले इन्धन उपलब्ध गराइदिन नेपाल आयल निगमसँग आग्रह गरेको छ। दूतावासले सोमबार फ्याक्समार्फत पत्र पठाएर इन्धन मागेको छ।

इन्धनको आपूर्तिमा आफैँ बन्द गर्ने अहिले फेरि आफैँ इन्धन उपलब्ध गराइदिनु भन्दै पत्राचार गरेको छ, निगमका एक अधिकारीले भने । तराई क्षेत्रमा भएको आन्दोलन र अघोषित नाकाबन्दीले आपूर्तिमा समस्या हुँदै आएको छ।


दोलखालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, २० असोज - आज असोज २० गते बुधबार बिहान ५ बजेर १५ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दू बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको उल्लेखित तालिकामा उल्लेख गरिएको छ।

यस अगाडी हिजो मंगलबार पनि ५ बजेर ४७ मिनेट जाँदा यतिनै रेक्टर स्केलको भूकम्प गएको थियो।
गत बैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्प गएपछि अहिले सम्म पनि ससाना पराकम्पन आउनेक्रम जारी रहेको छ।

परिवार र आफन्तसँग सम्पर्कविहीन भई हराएका एक व्यक्तिको लाश बोराभित्र हालेर गाडेको अवस्थामा

रौतहट– परिवार र आफन्तसँग सम्पर्कविहीन भई हराएका एक व्यक्तिको लाश बोराभित्र हालेर गाडेको अवस्थामा भेटिएको छ।जिल्लाको लौकाहा–६ बस्ने २० वर्षीय शम्भु साह कलवारको लास बोराभित्र राखेर गाडेको अवस्थामा फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। शनिबार विआर ०५ एन २१८२ नम्वरको मोटरसाइकलसहित सम्पर्कबिहिन भएका कलवारले प्रयोग गरेको मोटरसाइकल र टिर्सट अजगैरी–४ मा बेवारिसे अवस्थामा सोमबार फेला परेको थियो। उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा देवाधी–८ स्थित सिसौघारीमा बोराभित्र शव हालेर गाडेको अवस्थामा फेला परेको थियो।

डा. बाबुराम भटृराई द्रारा रिपोट्ररस क्लब नेपाल दाङको आयोजनमा लमहीमा पत्रकार सम्मेलन |

                        
          दाङ,१९ असोज २०७२  सबै शक्तिलाई मिलाएर लग्ने पूर्व प्रधानमंन्त्री डा. बाबुराम भटृराई द्रारा रिपोट्ररस क्लब नेपाल दाङको आयोजनमा लमहीमा पत्रकार सम्मेलन पछि आमशभा सुरू हुदै|


Photo: Sagar Thapa

Photo:Sagar Thapa

Monday, October 5, 2015

दसैँको साइत : टीकाका लागि कात्तिक ५ को बिहान १०ः५५ उत्तम

काठमाडौँ, १८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।

घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,” अध्यक्ष गौतमले भन्नुभयो ।

कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उहाँले जानकारी दिनुभयो ।

विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।

दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।

यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।

चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ ।

दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकाले झैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रुपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराउनुभएको छ ।

Saturday, October 3, 2015

चीन र बंगलादेशबाट इन्धन ल्याउन असम्भव

भारतबाहेक अन्य मुलुकबाट तेल आयात गर्नको लागि सरकारले हालसम्म कुनै निर्णय गरेको छैन। अहिले भारतबाहेक अन्य देशबाट तेल आयात गर्नको लागि नेपाल आयल निगमले सरकारको नीतिगत निर्णय कुरिरहेको छ। 
 
सरकारले भारतबाहेक अन्य देशबाट तेल आयात गर्ने कुनै निर्णय नगरेका कारण आयल निगमले कुन देशबाट तेल आयात गर्ने भन्ने बारेमा पनि हालसम्म कुनै टुङ्गो लगाउन सकेको छैन।  आयल निगमका प्रवक्ता दिपक बरालले भने ‘भारतबाहेक अन्य मुलुकबाट तेल आयात गर्नको लागि नीतिगत निर्णय हालसम्म भएको छैन, निर्णय भएपछि देश छनौट हुनेछ । ’बंगलादेश र चीनबाट तेल आयात गर्ने चर्चा चल्ने गरेको भएपनि हालसम्म यी देशबाट  के कसरी तेल आयात गर्ने भन्ने बारेमा अझै टुङ्गो लाग्न सकेको छैन। 
 
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७१-०७२ मा भारतबाट नेपालले ४ खर्ब ९१ अर्ब ६५ करोड ५९ लाख बराबरको सामान आयात गरेको छ।  यसमध्ये गत आर्थिक वर्ष २०७१-०७२ मा १ खर्ब १० अर्ब ५ करोड ७८ लाख बराबरको पेट्रोलियम पदार्थ नै आयात गरेको थियो। 
 
भारतसँग नेपालले खरिद गर्ने मुख्य वस्तुहरुमध्ये पेट्रोलियम पदार्थ मुख्य हो। यसका लागि नै राष्ट्रले बार्षिक खर्ब भन्दा माथिको रकम खर्चनु परेको छ। नेपालले भारतबाट  स्थलगत मार्ग हुदै ट्यांकरबाट तेल आयात गर्ने गरेको छ। 
 
देशको अर्थतन्त्रलाई नियाल्ने हो भने गत आर्थिक वर्षमा कुल वस्तु व्यापार घाटा ८.७ प्रतिशतले वृद्धि भई  ६ सय १२ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको  वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २८.६ प्रतिशतले बढेको  नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ। 
 
नेपालको ब्यापार घाटा प्रत्येक बर्ष बृद्धि हुने क्रममा रहेको छ। जसको प्रमुख कारण देशबाट निर्यात कम र आयात बढी हुनु हो। यसमध्ये देशले प्रमुख रुपमा तेल नै आयात गर्छ। 
तेलको आयात बापत खर्च हुने रकम प्रत्येक वर्ष वृद्धि हुने गरेको भएपनि गत आर्थिक वर्ष २०७१-०७२ मा भने अन्र्तराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको कमीका कारण तेल खरिद गरेबापत हुने खर्चमा केहि कमी आएको थियो। 
 
गत आर्थिक वर्ष २०७१-०७२ मा १ खर्ब १० अर्ब ५ करोड ७८ लाख बराबरको पेट्रोलियम पदार्थको आयात गरेको  थियो भने अघिल्लो आर्थिक वर्ष २०७०-०७१ मा नेपालले १ खर्ब ३१ अर्ब ७३ करोड ६५ लाख बराबरको पेट्रोलियम पदार्थको आयात गरेको थियो। 
नेपाल राष्ट्र बैंकका अनुसार भारततर्फ तेल आयातको लागि खर्च हुने रकममा आर्थिक वर्ष २०७०-०७१ को तुलनामा आर्थिक वर्ष २०७१-०७२ मा १६ दशमलव ५ प्रतिशतले कमी आएको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा गिरावट आएका कारण तेलबापत खर्च हुने रकममा समेत कमी आएको  हो। 
तर कुल कुल वस्तु व्यापार घाटा भने आर्थिक वर्ष २०७१-०७२ मा भारतसंग २.५ प्रतिशतले वद्धि भएको  छ। चीनबाट तेल ल्याउने अहिले चर्चा चलिरहेको छ। गत आर्थिक वर्ष २०७१-०७२ मा
 
चीनसंगको ब्यापार घाटा ४२.८ प्रतिशतले बृद्धि भएको थियो। चीनबाट तेल आयात गरेमा यो झनै बढेर जानेछ। 
अन्य मुलुकहरुको बर्गमा पर्ने बंगलादेशबाट पनि अहिले तेल आयात गर्ने चर्चा चलिरहेको छ। अन्य मुलुकसंगको ब्यापार घाटा गत आर्थिक वर्षमा १० प्रतिशतले बढेको थियो । 
चीनबाट तेल आयात गर्ने चर्चा चलेपनि हालसम्म कुनै नीतिगत निर्णय भने भएको छैन। निर्णय भइहालेमा पनि चीनबाट तेल आयात गर्नु त्यति सहज  नभएको आयल निगमका  अधिकारीहरु बताउँछन्। 
 
नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने गाडीहरु भारतमा बनेका गाडीहरु  हुन्। नेपालमा अन्य प्रयोजनका लागि प्रयोग हुने ट्यांकरहरु समेत अधिकांश भारतीय कम्पनीहरु मा नै बन्ने गरेको देखिन्छ। जसका पार्टपुर्जाहरु चीनमा पाउन सम्भव छैन। 
चीन  र नेपालको बिच बाटोमा रहेको तिब्बतीय क्षेत्रमा रहेका अटोमोबाइल्समा नेपालमा रहेका ट्यांकरका पार्टपुर्जा पाइदैनन्। जसले गर्दा बिचमै ट्यांकर बिग्रिए के गर्ने भन्ने पनि ठूलो समस्या रहेको छ । नेपाल र चीनकोबीचमा अटोमोबायल्स सेन्टरको समेत वछ। 
 
मुलुकको तुलनामा चीनमा पेट्रोलियम पदार्थको मूल्य पनि केही महङ्गो छ। चीनमा एक लिटर डिजेलको खुद्रा मूल्य अहिले लगभग ८७ सेन्ट अमेरिकी डलर तोकिएको छ जुन नेपाली ९२ रुपैयाँ बराबर हो। यसरी चीनबाट डिजेल खरिद गर्दा पनि एक लिटरमै ११ रुपैयाँ बढी तिर्नु पर्छ।  त्यसमा थप ढुवानी खर्च जोडेपछि नेपालमा तेल उपलब्ध हुने वास्तविक मूल्य निस्कन्छ।  
 
तर आयल निगम भने चीनबाट तेल आयात भएमा घाटा सहेरै भएपनि अहिले कायम भएकै मूल्यमा तेल बिक्री गर्ने सोचमा रहेको प्रवक्ता बराल बताउँछन्। ‘अहिले पनि हामी घाटा खाएरै पेट्रोलियम पदार्थको बिक्री गरेका छौ भने अब अन्य देशबाट आएपनि घाटा खाएरै तेल बिक्री गर्छाै, तर यो कती समयसम्म सम्भव छ भन्ने मात्रै यहा सोच्नुपर्ने बिषय हो। ’
 
तत्काल चीनबाट तेल आयात भएमा पनि पेट्रोलियम पदार्थको छेलोखेलो हुने गरी उपलब्धता हुन सक्दैन। अन्य मुलुकबाट तेल आयात भएमा अत्यावश्यकिय सेवाका लागि  प्राथकिकता दिने बराल बताउँछन्। 
अहिलेसम्म नेपालले पेट्रोलियम पदार्थ आयात गर्नको लागि भारतसँग मात्रै निर्भर  रहने गरेको छ। हालसम्म अन्य मुुलुकबाट तेल आयात नगरेका कारण पनि  यो चुनौतिपुर्ण समेत देखिन्छ।
बिगतमा चीनबाट केहि मात्रा मात्रै भएपनि तेल आयात गरेको भए अहिले केहि सहज हुने निगमका  बरिष्ठ अधिकारीहरु बताउँछन्। पेट्रोलियम पदार्थ आयातको लागि पाइपलाइन बिस्तार, सडक बिस्तार जस्ता बिषयमा हालसम्म नेपालले कुनै कदम नै अघि बढाउन सकेको छैन।
 
त्यस्तै चीनको नाका हुदै अन्य देशबाट तेल आयात गर्न पनि संभव देखिदैन। अहिले चर्चामा  रहेको तेस्रो मुलुकतर्फको देश बंगलादेशबाट पनि तेल आयात सहज र सस्तो छैन। भारतले आफ्ना नाकाबाट तेलको निर्यातमा प्रतिबन्ध लगाएपछि देशमा तेलको अभाव भएको छ। भारतले अहिले आफ्नो भुमी प्रयोग गरी बंगलादेशलाई  नेपालमा तेल निर्यात गर्न दिन समेत असंभव देखिन्छ। 
 
अहिले बंगलादेशबाट तेल आयात गर्नको लागि बिकल्प भनेको हवाइजहाज मार्फत ल्याउने हो।  भारतबाट स्थलमार्ग प्रयोग गरी देशमा तेल आयात गर्दा ब्यापार घाटा चुलिएको छ भने हवाइजहाजबाट तेल आयात गर्दा देशको अर्थतन्त्रल नै धान्ने स्थिति छैन। 
अत्यावश्यकीय वस्तु तथा सेवा सञ्चालनको लागि अन्य देशबाट तेल आयात गर्न संभव छ  तर यो महंगो पर्न जान्छ। हवाइजहाजबाट देशमा तेल आयात गरि लामो समयसम्म तेल बितरण गर्न असंभव रहेको अर्थबिद डा शंकर शर्माको भनाई छ। 
 
उनले भने ‘भारतबाहेक अन्य देशसंग तेलको ब्यापारको बारेमा सोच्नु फाइदाजनक हो तर बंगलादेशबाट हवाइजहाजमा तेल आयात गरि नेपालमा छेलोखेलो हुनेगरी उपलब्धता गराउन देशको अर्थतन्त्रले धान्न सक्दैन। ’साथै हवाइजहाजबाट तेल आयात गर्नको लागि आइकाओको नियम समेत बाधक हुने शर्माको तर्क छ। सरकारले पहल गरेमा आइकाओको नियममा केहि हेरफेर  हुन सकेमा पनि देशले बंगलादेशबाट हवाइजहाजमा तेल आयात गरि नेपाली जनतालाई उपलब्धता गराउनु असंभव हुने शर्माले बताए। 
 
नेपालमा तेल आयातको लागि तत्काल कुटनीतिक समाधान  खोज्नुपर्ने शर्माको भनाई छ। चीनको ट्रेन नेपालको नाका सम्म आएमा चीनबाट तेल आयात संभव हुने भएपनि अहिले तत्काल यो स्थिति नरहेको उनले बताए।
 
चीनले नेपालको नाकासम्म रेलमार्गको विकास गरेपछि मात्रै चीनबाट नेपालले तेल आयात थाल्नु राम्रो हुने उनले जानकारी दिए। अब नेपालले देशमै पेट्रोलियम पदार्थको खोजी र चीनको नाकासम्मको सडक बिस्तारलाई प्राथमिकतामा राख्नुपर्ने शर्माले बताए। तत्कालको लागी चीनबाट तेल आयात त्यति सहज नभएपनि चीनतर्फको पुर्वाधार निर्मालाई अघि बढाएमा अविष्यमा देशले तेल अभाव खेप्नु नपर्ने शर्माको आँकलन रहेको छ।