काठमाडौं, असोज २ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिहंले त्याग र निष्ठाको राजनीति गर्नुहुने विर गणेशमान सिहंको जतिनै चर्चा गरे पनि कमि हुने बताएका छन ।गणेशमान सिहंको १८ औं स्मृती दिवसका अवसरमा सोभा भगवतीमा रहेको शलिकमा माल्यार्पण कार्यक्रममा उनले गणेशमान युगौंसम्म अमर रहने बताए । उनले संविधान जारी
Taja Samachar Nepal
News
Friday, September 18, 2015
भारतको सबै सुझाव मान्नुपर्छ भन्ने छैनः मन्त्री सिंह|
मधेसीलाई समेट्न मोदीको आग्रह
काठमाडौं: संविधान जारी हुन ४८ घन्टामात्र बाँकी रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसपूर्व नै आन्दोलरत ‘मधेसी’ को समस्यामाथि कुनै न कुनै रूपमा सम्बोधन गर्न राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रमुख नेताहरूसँग आग्रह गरेका छन्।
विशेष दूत एवं भारतीय विदेश सचिव एस जयशंकरमार्फत शुक्रबार पठाइएको सन्देशमा ४० जनाको ज्यान जाने गरी मधेसमा भएको आन्दोलनको बेवास्ता गरी संविधान जारी गर्दा त्यसले स्थायित्व सुनिश्चित नहुने र त्यो अशान्तिको असर भारतमा पनि पर्ने भन्दै मोदीले चासो व्यक्त गरेका हुन्।
राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिक नेता विजय गच्छदारसँग अलगअलग तथा मधेसी मोर्चाका नेताहरूसँग समूहगत भेटघाटमा जयशंकरले भारतको चासोबारे अवगत गराउँदै नेपालको परिस्थितिबारे नेताहरूको धारणा बुझेका थिए। (ओली र जयशंकरबीच बालकोटमा के कुरा भयो ?)
प्रधानमन्त्री कोइरालाले अन्तिम समयसम्म सहमतिका लागि सम्भव भएजति प्रयास गर्ने र त्यो हुन नसके संविधान जारीपछि पनि आन्दोलनकारी शक्तिका उचित मागलाई सम्बोधन गर्ने जयशंकरलाई बताए। तर संविधानसभाबाट पारित विधेयकमा सबै सदस्यहरूले हस्ताक्षर गरिसकेको अवस्थामा प्राविधिक तथा संवैधानिक रूपमा आइतबारपूर्व संविधानमा कुनै थपघट हुने सम्भावना नरहेको विज्ञहरू बताउँछन्।
भारतीय विदेश सचिवसमक्ष राष्ट्रपति रामवरण यादवले संविधान जारी गर्नुपूर्व सबै आन्दोलनरत पक्षसँग वार्ता गर्न आफूले पटकपटक सुझाव दिएको तर आफू त्यसमा सफल नभए पनि संविधानसभाको दुई तिहाइ बहुमतले संविधान पारित गरिसकेपछि हस्ताक्षर गर्नुबाहेक आफूसँग कुनै विकल्प नरहेको बताएका थिए।
एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष दाहालले भने संविधान प्रक्रियागत ढंग र ९० प्रतिशतभन्दा बढी सदस्यको सक्रिय समर्थनमा आएकाले त्यसमा कुनै किसिमले प्रश्न नउठाउन भारतीय विदेश सचिवसँग आग्रह गरेका थिए। मधेसीहरूलाई समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न जयशंकरले राखेको सुझावमा ओलीले कटाक्ष गर्दै भने, 'भारतजस्तो प्रजातान्त्रिक मुलुकले त्यो उदाहरण प्रस्तुत गर्यो भने हामीलाई अनुसरण गर्न सहज हुनेछ।'
त्यस्तै एमाओवादी अध्यक्ष दाहालले भारतले तराईको मात्र शान्ति र प्रगतिभन्दा समग्र नेपालकै शान्ति र प्रगतिबारे कुरा गर्नु एउटा असल मित्रका नाताले बढी श्रेयस्कर हुने जयशंकरसँग बताए।
मोर्चाका नेताहरूले आफूलाई बाइपासगरी संविधान जारी गरिएकामा निर्णायक आन्दोलन गर्ने र त्यसमा भारतको सहयोग अपेक्षित रहेको बताएपछि जयशंकरले शनिबार फर्केपछि प्रधानमन्त्री मोदीलाई यसबारे जानकारी गराउने बताए।
Thursday, September 17, 2015
पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।
१ असोज, सुर्खेत । एघार वर्षअघि माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।यसअघि जिल्ला अदालत दैलेखले अभियुक्तहरुलाई अधिकतम दुई वर्षसम्म कैद सजाय सुनाउने फैसलालाई नै पुनरावेदन अदालतले सदर गरिदिएको छ ।
दुवैपक्षले पुनरावेदन गरेको यो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय रमेशराज भण्डारी र राजेन्द्र पोखरेलको संयुक्त इजलासले यसअघि जिल्ला अदालत दैलेखले गरको फैसलालाई सदर गरेको हो ।
गएको वर्ष मंसिर २१ गते जिल्ला अदालत दैलेखले डेकेन्द्रको हत्यामा संलग्न रहेको ठहर गर्दै पाँच जना माओवादी कार्यकर्तालाई कैद सजाय सुनाएको थियो ।जिल्ला अदालतको फैसलामा अभियुक्तहरु हरिलाल पुन, निरकबहादुर घर्ती र जयबहादुर शाहीलाई दुई–दुई वर्ष कैद सजाय तोकिएको थियो ।
यस्तै माओवादी कार्यकर्ताहरु लक्षिराम घर्तीलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय हुने जिल्ला अदालतले फैसला गरेको थियो । सोही फैसलालाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । उनीहरु सबैलाई सर्वश्वसहित जन्मकैदको माग गरिएको थियो ।
Wednesday, September 16, 2015
८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका
सान्टियागो, भदौ ३१ । दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर–पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीको
अब संविधान जारी गर्न विश्वका कुनै पनि शक्तिले रोक्न नसक्ने
काठमाडौं, भदौ ३० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अब संविधान जारी गर्न विश्वका कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीको प्रथम वार्षिकीका अवसरमा बुधबार पार्टी मूख्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान बनाउने
विषय सामान्य प्रक्रियामात्र नभई पार्टीकै मिसन भएको बताए । उनले पार्टीले भनेजस्तो संविधान नआए पनि यो मिसन सफल पार्न सबैसँग आग्रहसमेत गरे ।
दाहालले पहिलो संविधानसभाभन्दा दोस्रो संविधानसभामा पार्टीको हैसियत कम रहे पनि धेरै माग राख्न खोज्दा प्राप्त उपलब्धि पनि गुम्न सक्ने खतरा देखिएकाले आफूहरु सहमतिमा आएको बताए । उनले एकीकृत माओवादीभित्र धेरै समस्या रहेको भन्दै संविधान जारी भएपछि पार्टी एकीकरण र सुदृढ पार्ने अभियान सञ्चालन गर्ने जानकारी दिए ।
Tuesday, September 15, 2015
संघीयतामा मुलुक गएपछि अनेक खालका आशंका
काठमाडौं, भदौ ३० । संघीयतामा मुलुक गएपछि अनेक खालका आशंका पनि गरिएको छ । एउटा प्रदेशको नागरिक अर्को प्रदेशमा जादा के हुन्छ ? उसले के कस्ता नियम पालना गर्नुपर्छ ? कतै पासपोर्ट पो बनाउन पर्ने होकी ? भन्ने खालका समेत आशंकहरु प्रशस्त मात्रामा उव्जीएका छन । तर नया बन्ने संविधानमा ती सबै
आशंकाहरुलाई प्रष्टसंग हटाइएको छ ।
एउटा प्रदेशको नागरिक आफ्नो देशको जुनसुकै प्रदेशमा गएपनि उसले सो प्रदेशका नागरिकले पाउने सबैखाले सुविधा पाउने व्यवस्था संविधानमा गरिएको छ ।
संविधानको परिमार्जित बिद्येयकको धारा २३३को उपधारा उपधारा ३ मा एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा व्यववहार र सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । संविधानको धारा २३३ मा यस्तो व्यवस्था गरिएको छ ।
प्रदेश–प्रदेश बीचको सम्बन्ध:
(१) एक प्रदेशले अर्को प्रदेशको कानूनी व्यवस्था वा न्यायिक एवं प्रशासकीय निर्णय वा आदेशको कार्यान्वयनमा सहयोग गर्नु पर्नेछ ।
(२) एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य र विधायनका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्नेछ ।
(३) एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानून बमोजिम समान सुरक्षा, व्यवहार र सुविधा उपलब्ध गराउनु पर्नेछ ।
आङकाजी शेर्पाले मानसिक सन्तुलन गुमाएको उनका समर्थकले आरोप लगाए
काठमाडौं, ३० भदौ । सामाजिक सदभाव विगार्ने गरी अभिव्यक्ति दिएको भन्दै दुई हप्ता प्रहरी हिरासतमा बसेका जनजाति नेता आङकाजी शेर्पाले मानसिक सन्तुलन गुमाएको उनका समर्थकले आरोप लगाएका छन् ।
यसअघि सामाजिक सञ्जालमार्फत जथाभावी लेखेर सद्भाव भड्काउन खोजेको भन्दै जनजाति महासंघका पूर्व महासचिव समेत रहेका शेर्पालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।
प्रहरी हिरासतमा धरौटीमा छुटे लगत्तै सामाजिक फेसबुकमा अर्काे वितण्डा मच्चाएपछि समथर्कले उनलाई मानसिक सन्तुलन गुमाएको आरोप लगाएका हुन् ।
उनले आज बुधबारमात्रै आफ्नो फेसबुकबाट गुगल ब्वाई आदित्य दाहाल र आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका ४ वर्षीय बालक कुन्दनको फोटो राखेर राज्यले विभेद गरेको सन्देश दिएका छन् ।
उनले लेखेका छन् :
बाहुन वालक र मधेसी वालक बीचको विभेद ।
(१) यो बाहुन बालक आधित्यको शैसवकाल नेपालमा वित्यो ।
हाँसी खेली सरकारको सहयोगमा अमेरिकामा उपचार अवसर मिल्यो ।
(२) यो मधेसी बालक कुन्दनको शैसवकाल नेपालमा वित्यो ।
आफनै घर आँगनमा खेल्दा प्रहरीले गोली हानी हत्या गर्यो
(३) एकल बाहुन जातिय राज्य नेपालमा भएको यो निर्मम जातिय विभेद ।
शान्तिपूर्ण आन्दोलनमाथीको वर्वरतापूर्ण दमनप्रति व्यक्त गरौ सबैले खेद ।
(१) यो बाहुन बालक आधित्यको शैसवकाल नेपालमा वित्यो ।
हाँसी खेली सरकारको सहयोगमा अमेरिकामा उपचार अवसर मिल्यो ।
(२) यो मधेसी बालक कुन्दनको शैसवकाल नेपालमा वित्यो ।
आफनै घर आँगनमा खेल्दा प्रहरीले गोली हानी हत्या गर्यो
(३) एकल बाहुन जातिय राज्य नेपालमा भएको यो निर्मम जातिय विभेद ।
शान्तिपूर्ण आन्दोलनमाथीको वर्वरतापूर्ण दमनप्रति व्यक्त गरौ सबैले खेद ।
उनले यस्तो लेखेपछि समर्थकहरुले कडा शब्दमा आलोचना गरेका छन् । केहीले भने उनको यो सन्देशमा समर्थन समेत जनाएका छन् । तर, अधिकांशले आलोचना गरिरहेका छन् ।
आङकाजीका समर्थक उमेश भट्टराई लेख्छन्-‘आङकाजी शेर्पालाई साच्चिकै मानसिक रोग लागेको छ सरकारले केही गर्नुपर्यो । बीस हजार धरौटीमा रिहाई हैन देशबाट आङकाजी जस्तो ‘देशद्रोही’लाई बिदाई हुनुपर्यो नेपालमा एउटा यस्तो कानुन चाहियो कि यो आङकाजी जस्तो व्यक्तिलाई सिधै फाँसीको सजाय हुनुपर्यो आज मधेसीबाट मधेस लुटिएको छ पहाडीबाट पहाड लुटिएको छ । आज एउटा नेपालीले अर्को नेपालीलाई बाहुन शेर्पा मगर राई लिम्बू नेवार कामी दमाई सार्की सुनुवार गुरुङ तामाङ सबै जातिगत जालोमा हाल्दै छ्न । यो सबै साधरण जनताबाट छुट्टिएको भने हैन यो सबै आङकाजी जस्तो जनतालाई लडाएर खान पलकेका ले खोजेको राज्य हो आज तिमीलाई जाति छुट्टाउनु सजिलो छ । आङकाजी सेर्पा जी तर आज बिदेशमा भएका नेपाली जनतालाई हेर त्यहा एउटा रुममा हिमाली पहाडी तराई मधेसी कामी दमाई सार्की सेर्पा बाहुन तामाङ नेवार मगर सबै हुन्छन अब सोच तिमी के यहाँ सबैले तिमीले जस्तै जातीय छुट्याउनु थाले भने एउटा रुम भित्र कतिलाई राज्य र जाति मा बिभाजन गर्नु सकनु हुन्छ आङ काजी सर ?
राजेन्द्र रेग्मी लेख्छन्–‘यो फेरि भुक्न थाल्यो, भदौमा आँखा फुटेको गोरु जस्तो अस्ति टिकापुरमा २ बर्षीय बालक मरेको पनि देख्न सक्नुपर्छ समानता बादी नेताले ।’ अर्का समर्थक समिर अर्याल लेख्छन्-‘यो फेरि ‘बौलाहा’ भयो । लाज सरम नभएको ? यस्तोलाई सरकारमा राखनु कति सम्म गल्ती होला ।’
सागर गौतम लेख्छन्-‘देशमा बिध्वंश मच्चाउन खोज्दैछौ केही नेताहरू, नेपालको सरकारमा ब्राह्मण मात्र छैनन्, ब्राह्मण भन्दा ज्यादा अरु जाति र बर्गका को शंख्या ज्यादा छ । किन ब्राह्मणवाद भनी राको छौ ? देशमा हिंसा मच्चाउन किन खोज्दै छौ, देशद्रोहीहरु ? ब्राह्मण÷क्षेत्रीको त्यतिकै डाहा लाग्छ भने आँफूमा त्यो नेतृत्वको बिकास गर, न कि अरुको सामर्थ्यको बिरोध । जहाँसम्म यी दुई बालकका कुरा छ, देशमा अशान्ति मच्चाउदै आफ्ना सन्तानलाई गोलीको अगाडी ठेल्नेको कसरी सहयोग गर्नु ? सरकारसंग सहयोग माग्नेलाई न सहयोग गरिन्छ ।’
उनका समर्थकका यस्ता आलोचना र उनको यस्तो सन्देशले नेपाली समाजको सदभावलाई खलल पु¥याउने सामाजिक अगुवाहरुको ठहर छ । यस्तै, सन्देशहरु लेख्दै गए प्रहरीले फेरि उनलाई गिरफ्तार गर्न सक्ने अगुवाहरु बताउँछन् ।
यस्तो छ सामाजिक सञ्जाल फेसबुकमा लेखिएको सन्देश:
Subscribe to:
Posts
(
Atom
)

