Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, August 23, 2015

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान


काठमाडौं, भदौ ७ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत राजनीतिक दल तथा विभिन्न पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले आइतबार राति देशवासीका नाममा सन्देश जारी गर्दै शान्तिपूर्ण तवरबाटै आफ्ना मागहरुको समाधान गर्नेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले मुलुकको भूराजनीतिक संवेदनशीलता र धरातलीययथार्थतालाई मनन् गर्दै सबैलाई संयमित र एकताबद्ध हुन अपील गरेका हुन् ।
संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढिरहेका बेला केही राजनीतिक दलले संविधानसभा नै छाड्ने र बहिस्कार गर्ने क्रम बढाएपछि प्रधानमन्त्री कोइरालाले उनीहरुलाई समेट्ने प्रयासस्वरुप वार्ताको आह्वान गरेका हुन् ।
प्रमुख चार दलको आइतबार बसेको बैठकले प्रधानमन्त्रीमार्फत् असन्तुष्टहरुसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रधानमन्त्रीले देशवासीका नाममा सन्देश जारी गर्दै असन्तुष्टहरुलाई वार्तामा आउन आह्वान गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले संविधान गतिशील दस्तावेज भएकाले यसलाई चाहेको अवस्थामा परिमार्जन गर्न सकिने भन्दै संविधानसभाबाट संविधान जारी गर्ने प्रक्रियामा सामेल भइरहन र सहयोग गर्न असन्तुष्टहरुसँग आग्रह गरे ।
उनले देशभरबाट प्राप्त सुझावलाई संशोधित मस्यौदामा समेटिएको भन्दै अझै पनि समेट्न सकिने बताएका छन् । प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पुर्‍याउन अपील गरेका छन् ।
उनले संघीयता, समावेशीता र समानुपातिक निर्वाचन प्रणालीसहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आफूहरुको प्रतिबद्धता रहेको सन्देशमा उल्लेख गरेका छन् ।

बन्दका कारण वीरगञ्ज भन्सार कार्यालयमा ८० हजार टन सामान अलपत्र


७ साउन, काठमाडौं । मधेसकेन्द्रित तथा अन्य राजनीतिक दलको १० दिनदेखि जारी बन्दका कारण चार हजार मालबहाक गाडी मुलुकको प्रमुख नाका वीरगन्जनजिकै भारतीय सीमामा थन्किएका छन् । औसत २० टन बोक्ने गाडीहरु साताभन्दा बढी समयदेखि रोकिँदा कम्तीमा ८० हजार टन सामान अलपत्र परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
मालबाहक ट्रक, कन्टेनर, प्लेटर्फम ट्रक, भेहिकल कार्गोलगायत गाडीको लर्को सीमावती भारतीय सहर रक्सौलको लक्ष्मीपुरदेखि करिब २५ किलोमिटरसम्म देखिएको छ । 

मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्द : सप्तरीको जनजीवन अत्यन्त कष्टकर



सप्तरी, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्दको कारण अत्यन्त  सप्तरीको जनजीवन अत्यन्त कष्टकर भएको छ । सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत मधेस केन्द्रित दलले आह्वान गरेको बन्दका कारण सप्तरीलगायत तराईका जिल्लामा बन्दको निकै प्रभाव परेको छ । बन्दका कारण सप्तरी सदरमुकाम राजविराजबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।
आन्दोलनकारीले पूर्व–पश्चिम राजमार्गको भारदह, कन्चनपुर, रुपनी, कल्यानपुरलगायत सडकमा ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन् । यस्तै बन्दबाट उद्योग कलकारखाना, पसल, बजार, शिक्षण संस्थासमेत ठप्प छन् । यता नौ दिनदेखिको बन्दका कारण बजारमा दैनिक उपभोग्य सामग्रीको अभाव हुनाका साथै महँगी निकै बढेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी सदरमुकाम राजविराजमा सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । स्थानीय शिव मन्दिरको प्रगणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी दर्शनचोकमा पुगी कोणसभामा परिणत भएको थियो । उनीहरुले समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गरेका थिए ।

Saturday, August 22, 2015

गाई र भैंसीमा कृत्रिम गर्भाधान : कृषकको सङ्ख्या बढ्दो


रामपुर(पाल्पा), ६ भदौ । गाईभंैसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दो छ । जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा आव २०४२÷०४३ सालदेखि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । आव २०७०÷०७१ को तथ्याङ्कअनुसार भैंसी एक हजार ४३, गाई एक हजार चार सय ८३ र बाख्रा एक सय २६ छ भने ०७१÷०७२ मा भंैसी एक हजार एक सय ७४, गाई एक हजार छ सय ४२ र बाख्रा २४ वटामा कृत्रिम गर्भाधान सेवा दिइएको जिल्ला पशु सेवा कार्यालयका पशुचिकित्सक डा उत्तम आचार्यले बताउनुभयो ।कृत्रिम गर्भाधान गराइएका गाईभंैसीको दूधको उत्पादन पनि बढेको पाइएको छ ।

बन्दले राजधानीमा प्रभाव


काठमाडौ, भदौ ६ । आदीबासी जनजाती महासंघले आइतबार(आज) नेपाल बन्दको आह्वान गरेको छ ।
संविधानमा पहिचानसहितको संघीय संविधानको माग गर्दै प्रदेशको सिमाङ्कन र नामांकनको बिरोधमा आदीबासी जनजाती महासंघले बन्दको आह्वान गरेको हो ।बन्दको कारण धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको छ । बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ ।
बन्द गराउँदै हिडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् ।आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो ।बन्दको दोहोरो मारमा सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला परेका हुन् । थारु संघर्ष समितिको बन्दका कारण पश्चिमी जिल्ला पनि बन्दको दोहोरो मारमा छन् ।

Thursday, August 20, 2015

नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने


नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ ।
बहुप्रतिक्षित नेपाल–भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त मात्रै इन्धन खरिद गर्न पाउने राष्ट्रघाती प्रावधान राखेर पाइपलाईनको सम्झौता गर्न लागेको हो ।
सम्झौता पछि भारतले आफ्नै पाइपलाइन नभएको रक्सौलदेखि नेपालको अमलेखगन्ज सम्मको नाम मात्रको पाइपलाई बनाउने सम्झौता गरी नेपालको एक खर्ब भन्दा बढी मूल्यको इन्धन कारोबारमा एकाधिकार कायम गर्नेछ ।

मधेसी कार्यालय र आम मधेसी माथि आक्रमण



भैरवा ४ भदौ , भैरवामा हिन्दूवाड़ीहरुले मधेसी कार्यालय र आम मधेसी माथि आक्रमण गरेका छन | मधेश छुटै राज्य हुनु पर्छ भन्ने धरना बोकेका मधेसी माथि स्थानीय हिन्दूहरु ले आक्रमण गरेको खबर छ | बदलामा मधेसी ज नताले सो आक्रमणको जवाफ शांतिपूर्ण ढंगले दिने बताएका छन  |