रामपुर(पाल्पा), ६ भदौ । गाईभंैसीमा कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढ्दो छ । जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । जिल्लामा आव २०४२÷०४३ सालदेखि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । आव २०७०÷०७१ को तथ्याङ्कअनुसार भैंसी एक हजार ४३, गाई एक हजार चार सय ८३ र बाख्रा एक सय २६ छ भने ०७१÷०७२ मा भंैसी एक हजार एक सय ७४, गाई एक हजार छ सय ४२ र बाख्रा २४ वटामा कृत्रिम गर्भाधान सेवा दिइएको जिल्ला पशु सेवा कार्यालयका पशुचिकित्सक डा उत्तम आचार्यले बताउनुभयो ।कृत्रिम गर्भाधान गराइएका गाईभंैसीको दूधको उत्पादन पनि बढेको पाइएको छ ।
Taja Samachar Nepal
News
Saturday, August 22, 2015
बन्दले राजधानीमा प्रभाव
काठमाडौ, भदौ ६ । आदीबासी जनजाती महासंघले आइतबार(आज) नेपाल बन्दको आह्वान गरेको छ ।
संविधानमा पहिचानसहितको संघीय संविधानको माग गर्दै प्रदेशको सिमाङ्कन र नामांकनको बिरोधमा आदीबासी जनजाती महासंघले बन्दको आह्वान गरेको हो ।बन्दको कारण धादिङ, चितवन, कास्की, तनहुँ, नवलपरासी, रुपन्देही, मोरङ, सुनसरी, झापालगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।काठमाडौंमा भने बन्दको आंशिक प्रभाव परेको छ । बन्दलाई संघीय समाजवादी फोरमले पनि समर्थन जनाएको छ ।
बन्द गराउँदै हिडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरुण पूर्णका नौ जिल्ला भने बन्दको दोहोरो मारमा परेका छन् ।आफूहरुसँगको सहमति कार्यान्वयन नगरी पहिचान बिनाको प्रदेश निर्माण गरिएको भन्दै संघिय लिम्वुवान पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको हो ।बन्दको दोहोरो मारमा सुनसरी, मोरङ, झापा, इलाम, पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला परेका हुन् । थारु संघर्ष समितिको बन्दका कारण पश्चिमी जिल्ला पनि बन्दको दोहोरो मारमा छन् ।
Thursday, August 20, 2015
नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने
नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ ।
बहुप्रतिक्षित नेपाल–भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त मात्रै इन्धन खरिद गर्न पाउने राष्ट्रघाती प्रावधान राखेर पाइपलाईनको सम्झौता गर्न लागेको हो ।
सम्झौता पछि भारतले आफ्नै पाइपलाइन नभएको रक्सौलदेखि नेपालको अमलेखगन्ज सम्मको नाम मात्रको पाइपलाई बनाउने सम्झौता गरी नेपालको एक खर्ब भन्दा बढी मूल्यको इन्धन कारोबारमा एकाधिकार कायम गर्नेछ ।
मधेसी कार्यालय र आम मधेसी माथि आक्रमण
भैरवा ४ भदौ , भैरवामा हिन्दूवाड़ीहरुले मधेसी कार्यालय र आम मधेसी माथि आक्रमण गरेका छन | मधेश छुटै राज्य हुनु पर्छ भन्ने धरना बोकेका मधेसी माथि स्थानीय हिन्दूहरु ले आक्रमण गरेको खबर छ | बदलामा मधेसी ज नताले सो आक्रमणको जवाफ शांतिपूर्ण ढंगले दिने बताएका छन |
स्वामी प्रपन्नाचार्यको (काले राई) ९३ वर्षको उमेरमा निधन भएको छ
काठमाडौं, भदौ ४ । स्वामी प्रपन्नाचार्यको ९३ वर्षको उमेरमा निधन भएको छ । पशुपतिको मृगस्थलीमा बस्दै आएका प्रपन्नाचार्यको शुक्रबार बिहान साढे ३ बजे निधन भएको हो ।
विसं.१९७९ सालमा पाँचथरको फिदिममा जन्मिएका प्रपन्नाचार्य लामो समयदेखि फोक्सोको संक्रमण र श्वासप्रश्वास रोगका कारण पीडित थिए । ३० वर्षको उमेरमा पढ्न शुरु गरेका स्वामी प्रपन्नाचार्यले हिन्दू धर्मसम्बन्धी धेरै किताव लेखेका छन् ।
उनी वेदको ज्ञातासमेत थिए । उनको वास्तविक नाम काले राई भए पनि उनलाई सबैले स्वामी प्रपन्नाचार्यको नामले चिन्दछन् ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शुक्रबार पशुपतिको मृगस्थलीमै राखिने भएको छ ।
झापा शिवसताक्षीका किसानलाई पानी तान्ने मोटर वितरण
दमक, ४ भदौ । अग्र्यानिक तरकारी उत्पादन गर्ने झापा शिवसताक्षीका उत्कृष्ट किसानलाई पानी तान्ने मोटर वितरण गरिएको छ ।शिवसताक्षी नगरपालिका तथा स्थानीय सन्देश मूल कृषक समूहले बिहीबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट आठ किसानलाई पानी तान्ने मोटर वितरण गरेको हो । नगरपालिकाको रु ७५ हजार र सन्देश मूल कृषक समूहको रु २५ हजार गरी रु एक लाख बराबरको मोटर वितरण गरिएको हो ।
तरकारी खेतीमा लागेका ती व्यावसायिक किसानको पेशालाई प्रोत्साहन गर्ने उद्देश्यले मूल समूहअन्तर्गतका विभिन्न कृषक समूहका सदस्यलाई मोटर वितरण गरिएको समूहका अध्यक्ष वेदनिधि अधिकारीले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईंले डम्मरकुमारी खतिवडा, राजुमाया निरौला, देवीमाया गुरागाईं, घनश्याम अधिकारी, भवानी शेर्मा, मेनुका निरौला लगायतलाई ती मोटर हस्तान्तरण गर्नुभयो ।
प्रहरी एनकाउन्टरमा घैटे मारीए
नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टिएर आफ्नै समूह चलाएका थिए। नेपाली कांग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका हुन्। हालै प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी कुनै समय उनकै समूहका सदस्य थिए। चरीले पछि पार्टी परिर्वतन गरी एमालेतिर लागेपछि उनको समूहबाट छुट्टिएका थिए।
गणेश लामा, चक्रे मिलनसँग जानी दुश्मनी रहेका घैँटे २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम सुरु भयो। प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी साँझमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेपछि उनी रिहा भए।
२०६३ असार १८ गतेनै उनी पुनः महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाइ धारिलो हतियारले हानेका थिए। उनीमाथि पुनः ज्यान मार्ने उद्योगमा मुद्दा चलाइयो र पुन रिहा भए। २०६३ भदौं १६ मा गंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।
मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योग चलेपछि फरार रहेका उनलाई प्रहरीले तिख्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियार सहित पक्राउ परेका उनी केही समयका लागी जेल गए पनि पुन रिहा भए।
अवैध हतियारको केसमा रिहा भएपछि उनी पक्राउ परेका छैनन्। प्रहरीले उनलाई ट्रयाकर दिएर उनको गतिविधि अनुगमन गरे पनि काग्रेस नुवाकोटका नेताको दवावमा उनलाई ट्रयाकरमुक्त गरिएको थियो। विशेषत काग्रेस नेता अर्जुननरसिंह केसी र उनको भाई जनदिश नरसिंह केसीसँग घैटेको नाम जोडिने गरेको छ।
Subscribe to:
Posts
(
Atom
)








