काठमाडौं । सुनसरीका ११ गाविसमा हजारौं विघा जमिन अतिक्रमण गरी भारतले बस्ती बसाएको छ ।नेपालतर्फको भूभाग अतिक्रमण गरी भारत पक्षले बस्ती बसाएपछि सुनसरीबासीले अतिक्रमित नेपाली भूभाग खाली गर्न माग गरेका गरेका छन् । भारतको बिहार राज्य अन्तर्गत सिमाना जोडिएको सुनसरीका हरिपुर, श्रीपुर लौकही, नरसिंह, वसन्तपुर, घुस्की, देवानगन्ज, कप्तानगन्ज, साहेबगन्ज, राजगन्ज सिनुवारी र आमडुवा गाविसको जमित अतिक्रमण गरी भारतले बस्ती बसाएकोे छ । भारतले दशगजा क्षेत्र र नेपालतर्फको भूभाग अतिक्रमण गरी बसोबास बसाउँदासमेत स्थानीय प्रशासन बेखबर बनेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिमकमा खबर रहेकाे छ ।
Taja Samachar Nepal
News
Monday, August 10, 2015
योनीको आकार सानो बनाउने तथा पेटको धर्सा हटाउने भन्दै ठगी गरिरहेका युवकलाई पक्राउ गरेका छन
राजधानीमा पछिल्लो समय विभिन्न संघसस्थाले भ्रमपूर्ण बिज्ञापन दिएर ग्राहक तथा उपभोक्ता ठग्दै आएका छन् । संस्थाको बोर्ड पनि नराखि केही कर्मचारी राखेर ती संस्थाहरुले वर्षौदेखि ठग्दै आएपनि सम्बन्धित निकाय भने मौन रहेको छ । उनीहरुले विभिन्न संचारमाध्यममा विज्ञापन नै गरेर सर्वसाधारणलाई ठगी गर्ने भाँडोको रुपमा लिएका छन् । मोटोपन बढाउने वा घटाउने औषधी,लिङ्ग बढाउने र योनीको आकार सानो बनाउने तथा पेटको धर्सा हटाउने भन्दै उनीहरुले ठगी गरिरहेका छन् । देशमा बेरोजगारी बढ्दै गएको बेलामा कैयन संस्थाले यस्ता बेरोजगारी ठग्ने धन्दा चलाएका छन्। तर यसमा प्रहरी प्रशासनले निगरानी बढाउन नसक्दा दैनिक कैंयन युवा ठगिन बाध्य भएका छन्। यस्ता संस्थाले दिएका विज्ञापन सञ्चारमाध्यमले सत्यतथ्य नबुझि विभिन्न विज्ञापन निकालेर बेरोजगारी ठग्न प्रोत्साहित गरेको जानकारहरु बताउँछन् । टेलिसप तथा विभिन्न आयुर्वेदिक पसलमा अहिले छ्याप्छ्याप्ती रुपमा लिङ्ग बढाउने, हाइट बढाउने, मोटोपन बढाउने वा घटाउने, योनीको आकार घटाउने खालका औषधीहरु पाइन्छन् ।
औषधी व्यवस्था विभागमा दर्ता नै नभई बजारमा आएका यस्ता औषधीहरुले साइड इफेक्ट समेत गर्ने चिकित्सकहरुले बताएका छन् । तर यस्ता औषधीहरुको विक्री वितरण गर्नेलाई विभागले शसक्त रुपमा कार्वाही गर्न सकेको छैन। कस्मेटीक प्रोडक्ट भन्दै औषधी विभागले यसमा चासो खासै दिएको भेटिदैन । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले भने यस्ता सामाग्रीलाई औषधी भन्दै यसको कुनै परीक्षण गरेको छैन।विभिन्न पत्रिकामा दैनिक कैयन कामदारको माग गर्दै आकर्षक तलब दिने आश्वासन दिएर पनि सर्वसाधारण ठगिरहेका छन् । कैयन यस्ता संस्थाले बेरोजगार युवालाई फाराम भर्न लगाई चर्काे शुल्क लिने गरेका छन्। फारामको शुल्क असुलेपछि यस्ता संस्थाले कार्यालय नै सारेको बेरोजगार पीडितहरुको गुनासो छ।Thursday, August 6, 2015
गौरिका सिंह
२५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् । उनले यो वर्ष १ सय तथा २ सय मिटर व्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई समेत उछिनिन् । सिंहले २ सय मिटर व्याक स्ट्रोक २ मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् भने सय मिटर १ मिनेट १३.१३ सेकेन्डमा । सातामा ८ पटक २ घन्टाका दरले कडा अभ्यास गर्ने यी किशोरीले पहिलो सहभागितामै सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा स्वर्णपदक जितेकी हुन् । उनको अबको लक्ष्य रुसको कजानमा हुने १६ औं फिना विश्व च्याम्पियनसीपबाट सीधै सन् २०१६ को ओलम्पिकमा छनोट हुनु हो ।
यही अनुभवलाई शक्ति बनाएर अब हुने साफ च्याम्पियनसीपमा स्वर्ण पदक जित्न चाहन्छु–हरेक कोणबाट अब्बल यी किशोरी भन्छिन्–मेरो प्रमुख लक्ष्य सन् २०२० मा आयोजना हुने ओलम्पिकमा नेपालका लागि पदक जित्नु हो ।
यही अनुभवलाई शक्ति बनाएर अब हुने साफ च्याम्पियनसीपमा स्वर्ण पदक जित्न चाहन्छु–हरेक कोणबाट अब्बल यी किशोरी भन्छिन्–मेरो प्रमुख लक्ष्य सन् २०२० मा आयोजना हुने ओलम्पिकमा नेपालका लागि पदक जित्नु हो ।
Subscribe to:
Posts
(
Atom
)



