Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 13, 2015

दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै चालकको मृत्यु

दाङ:  दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको छ । 
घोराही–तुलसीपुर सडक खण्डको सर्रा नजिकै हेमन्तपुरबाट घोराही आउँदै गरेको रा २ प ९९६१ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको हो । 
घोराही आउँदै गरेका घोराही–११ भरतपुर निवासी ४३ वर्षीय पूर्णचन्द्र पौडेल र तुलसीपुरतर्फ जाँदै गरेका घोराही–५ का २५ वर्षीय भूपेन्द्र पुरीको मृत्युभएको दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । 

रेस्टुरेन्टका ५० प्रतिशत मेनुमा कटौती

काठमाडौं: नयाँ संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन निकै कष्टकर बनेको छ।
 
 कामकाजीहरूलाई घरबाट बाहिर गएर खाना तथा खाजा खान निकै समस्या पर्न थालेको छ। दुई सातादेखिको इन्धन अभावले राजधानीका ४० प्रतिशत समान्य खाजा घर बन्द भएका छन्।
 
राजधानीको ठमेल क्षेत्रमा केही नामै चलेका रेस्टुरेन्टसमेत बन्द हुन थालेका छन्। 
 
बल्लतल्ल सञ्चाल भैरहेका रेस्टुरेन्टले अवस्था सहज नभए हरेक दिन मेनुमा कटौती र यस्तै अवस्था केही दिन लम्बिए बन्द गर्नुको विकल्प नरहेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)का अध्यक्ष प्रमोद जैसवालले बताए।
 
जैसवालका अनुसार दसैंको मुख भएकाले नियमित सेवामा खटिरहेका रेस्टुरेन्ट बन्द गर्नुभन्दा थोरै मात्र सेवा दिएर भए पनि सञ्चालन भइरहेका हुन्। 
 
दुई सातादेखि इन्धन अभावकै कारण पर्यटकीय सेवा दिइरहेका करिब २० प्रतिशत रेस्टुरेन्ट बन्द भइसकेको उनले बताए। बाँकी रेस्टुरेन्ट पनि दसैंको बिदापछि इन्धन आपूर्ति नभए खुल्न नसक्ने उनको भनाइ छ।
 
जैसवालको आफ्नै मेला रेस्टुरेन्ट इन्धन अभावले बन्द हुने चरणमा पुगेको छ। 'दसैंसम्म मेनु घटाएर, बिहानको ब्रेकफास्ट बन्द गरेर र रातमा छिट्टै बन्द गरेर भए पनि जेनतेन सञ्चालन हुन्छ। 
 
यस्तै हो भने दसैंपछि मेरो रेस्टुरेन्ट खुल्न सक्दैन', जैसवालले भने। धेरैजसो रेस्टुरेन्टले बिहानको ब्रेकफास्ट बन्द गरेका छन। 
 
पर्यटक तथा ग्राहलाई मनोरञ्जन दिने गरी राती अबेरसम्म सञ्चालन हुने रेस्टुरेन्टले आफ्नो संचालनको अवधि घटाएका छन्।
 
'रेस्टुरेन्टमा लामो समय बसेर चिया, कफि खाने ग्राहकलाई पनि यसको विकल्पमा कोल्ड ड्रिङ्ग लिन आग्रह गर्न थालिएको छ। 
 
धेरैजसो रेस्टुरेन्टले भने आफ्नो अनुकुल स्थान बनाएर दाउरा बालेर पनि अत्यावश्यक सेवालाई निरन्तरता दिइरहेको उनको भनाइ छ। 
 
चिया तथा खाजा होटलले चिया नमाग्नुस चिसो खानुस, मःमः छैन, कफी बन्दैन भन्न थालेका छन्। 
 
इन्धन आपूर्ति नभएकोले सबै होटल तथा रेस्टुरेन्ट अप्ठारो अवस्थामा पुगेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए।

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

      काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल-अमेरिका सम्बन्धका साथै नयाँ संविधान कार्यान्वयनबारे छलफल भएको छ। 
 राजदूत टेपलेट्जले अमेरिकी सरकारकातर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेा छन्।  गत साता मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी अमेरिकी राजदूतको प्रधानमन्त्री ओलीसँगको यो पहिलो भेटवार्ता हो।

Monday, October 12, 2015

मन्त्रीहरुको जिम्मेवारी टुंगो लाग्यो

             आश्विन २५, २०७२- नवगठित मन्त्रिपरिषद्मा मन्त्रालयको टुंगो लागेको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले कमल थापालाई उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् । विजय गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्रीको जिम्मेवारी पाएका छन् ।आजै सपथ खाएका हरिबोल गजुरेललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, सोमप्रसाद पाण्डेलाई उद्योग र अग्नी खरेललाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।रामकुमार सुब्बा र सत्यनारायण मण्डलले जिम्मेवारी पाउने मन्त्रालयको टुंगो लागिसकेको छैन् ।आज प्रधानमन्त्रीसहित दुई उपप्रधान र ५ मन्त्रीले राष्ट्रपति रामवरण यादवसमक्ष सपथ ग्रहण गरेका हुन् ।नवगठि मन्त्रिपरिषद्को बैठक आजै बस्ने बताइएको छ ।


Sunday, October 11, 2015

अझै पनि इन्धन बोकेका गाडी भित्रिएनन्

सोमबार पनि भारतसँग जोडिएका मुख्य नाकाबाट पेट्रोलियम पदार्थ भित्रन सकेको छैन।  हिजोदेखि नै सुचारु रहेको नेपालगञ्जको रुपडिया नाकामा सोमबार बिहान १२ बजेसम्म ४० ओटा गाडी भित्रिएका छन्। तर त्यसमा इन्धन भएका गाडीहरु छैनन्। भन्सार कार्यलयले भारततिर २८ पेट्रोलियम  र छ वटा बुलेट ग्याँस बोकेका गाडी कस्टम क्लियरको प्रक्रियामा रहेकाले साँझसम्म ती गाडी नेपाल भित्रने बताएको छ। 
 
उता पूर्वको काकँडभिट्टा नाकामा पहिलेको भन्दा सोमबार चहलपहल बढेपनि इन्धन बोकेका गाडी धेरै आएका छैनन्।  मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीका अनुसार सोमबार १२ बजेसम्म ५६ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेका छन्। तिमध्ये २ वटा ग्याँस बुलेट रहेका छन्। 
 
विराटनगरको जोगबनी नाका सामान्य भएपनि इन्धन भित्रन नसकेको  रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जनाएका छन्। ‘हामीले पनि यताबाट केही खाली गाडी पठाएका छौं, उताबाट पनि खाली गाडी आएका छन्‘ बस्नेतले भने ‘आन्दोलनकारीले भारतीय भूमितिर अवरोध गर्न खोजपछि उतातिर तनाव भइरहेको छ।‘ हिजो नेपाल र भारतका अधिकारीबीच भएको वार्तामा नाकामा धर्ना बसेर अवरोध गर्नेलाई दुवै पक्षले हटाउने सहमति भएको पनि उनले बताए। 
 
सुनौलीको बेहलिया नाकामा सोमबार मधेसी मोर्चाको धर्ना नभएपनि मालबाहक गाडी भने आउन सकेका छैनन्। इलाका प्रहरी कार्यालय बेहलियाका प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार हिजोसम्म सर्वसाधारणलाई समेत सुनौली जान रोक लगाएइकोमा आजबाट सर्वसाधारण सुनौली गएर किनमेल गरिरहेका छन्। नेपालबाट केही ट्याक्टरहरु दुर्गाको मुर्ति ल्याउन भारततिर गएका छन्। सो नाकाबाट इन्धन बोकेका गाडी आउने क्रममा पनि छैनन्। 
 
मधेसवादी दलले हिजो प्रधानमन्त्री चुनावमा मतदान गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिवार्चित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएकाले सोमबारदेखि पेट्रोलियम पदार्थ धेरैमात्रामा भित्रन सक्ने अपेक्षा गरिएको थियो।
 

नवनिर्वाचित प्रधानमन्त्री ओलीका ६ प्राथमिकता

  • 1.संविधान कार्यान्वयन
  • 2.भूकम्पपछिको पुनर्निर्माण
  • 3.पछिल्लो समयमा देखिएका समस्या समाधान
  • 4.नाकाबन्दीको सहजीकरण
  • 5.समृद्धितर्फको यात्रा
  • 6.सबैसँग मिलेर अगाडि बढ्ने



  • काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिपरिषद् विस्तार गरी शान्ति, सुव्यवस्थासँगै विभिन्न रचनात्मक कामका साथ मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सबै पक्षलाई साथ लिएर अगाडि बढ्ने चाहना व्यक्त गर्दै ओलीले मुलुकमा देखिएका केही चुनौतीको सामना गरेर अगाडि बढ्ने पनि बताए ।
  •  
    संविधानको कार्यान्वयन, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण, विभिन्न ठाउँमा देखापरेका समस्या समाधान, नाकाबन्दीको कारण भइरहेको असहज स्थितिको सहजीकरण, विकास निर्माणलाई अगाडि बढाएर समृद्धितर्फको यात्रा तीव्रताका साथ अगाडि बढाउने, सबैसँग मिलेर सबैको साथ र समर्थन जुटाएर अगाडि बढ्ने विषयलाई आफूले प्राथमिकताको सूचीमा राखेको ओलीले बताए । ‘शान्ति सुव्यवस्थासँगै विभिन्न रचनात्मक कामका साथ मुलुकलाई अगाडि बढाउन मेरो ध्यान हुनेछ । सबैको सहयोगको अपेक्षा पनि गरेको छु ।
     
     सबैलाई साथ लिएर जाने चाहन्छु,’ प्रधानमन्त्री निर्वाचित भएलगत्तै ओलीले पत्रकारसँग भने, ‘केही अप्ठ्यारा देखिएका छन् । ती धेरै महŒवपूर्ण छैनन् । तिनलाई पूरा गर्न सकिन्छ ।’ एमाओवादी र राप्रपा नेपालसहित १६ वटा पार्टीले गरेको समर्थनका आधारमा आफू निर्वाचित भएको उल्लेख गर्दै ओलीले भने, ‘यस जिम्मेवारीलाई मैले अवसर, सम्मान र चुनौतीका रूपमा लिएको छु ।’
     
    ओलीसँग प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै राष्ट्रिय समस्या समाधान गर्न लागिपर्ने धारणा व्यक्त गरे । ‘नयाँ प्रधानमन्त्रीलाई हाम्रो सहयोग हुन्छ । 
     
    मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति नेपाली कांग्रेसले त्याग गरेको हो,’ कोइरालाले पत्रकारसँग भने, ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति हामी उभिएका हौं । त्यसमा हामी सधैं प्रतिबद्ध रहन्छौं ।’ कोइरालाले १६ बुँदे सहमति हुँदा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति नभएको दाबी दोहोर्‍याए । नाकाबन्दी, भूकम्प, तराईमधेससहित राष्ट्रिय समस्या समाधान गर्न आफूहरूले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उपसभापति रामचन्द्र पौडेलले बताए ।
     
    ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्तावक बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान गर्न कांग्रेससहित सबै शक्ति मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘यस्तो परिस्थितिमा प्रमुख शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने थियो । कांग्रेससमेत प्रमुख राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर सरकारमा बसी संविधान संशोधनलगायत ऐनकानुन परिमार्जन गर्नुपर्ने थियो । अन्तिम समयसम्म हामीले हाम्रा तर्फबाट त्यस विषयमा पहल र प्रयत्न गर्‍यौं । 
     
    मलाई दुःख छ, हाम्रो तर्फबाट धेरै मेहनत भएर पनि कताकता यो विभाजनको स्थिति आयो,’ दाहालले पत्रकारसँग भने, ‘यतिबेला यो विभाजन नेपालको आवश्यकता होइन । यद्यपि लोकतान्त्रिक प्रक्रियामा निर्वाचन हुनु सामान्य प्रक्रिया हो । जितहार हुन्छ । यसलाई सामान्य रूपमा लिएर राष्ट्रिय मुद्दामा कांग्रेससहित सबै शक्तिहरू एक ठाउँमा उभिनुपर्छ । 
     
    राष्ट्रिय मुद्दामा एकता कायम गरेर शान्ति, स्थिरता र विकासतिर लैजाने मेरो प्रतिज्ञा छ ।’ दाहालले राष्ट्रपति निर्वाचनका बारेमा नयाँ शिराबाट छलफल गरिने पनि बताए । ‘राष्ट्रपतिका विषयमा अहिले छलफल भएको छैन । प्रधानमन्त्री र राष्ट्रपतिमा हाम्रो दाबी छैन भनेर हामीले पहिलेदेखि भनेका छौं । तर अहिले नयाँ परिस्थिति बनेको छ । यो परिस्थितिमा नयाँ शिराबाट कुरा हुन्छ,’ दाहालले भने ।
  • नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीबारे जान्नु पर्ने ८ कुरा

    आश्विन २४, २०७२- 
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यवस्थापिका संसदबाट ३ सय ३८ मत प्राप्त गरेर २४ असोज ०७२ मा मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीबारे जान्नै पर्ने १० तथ्य ।
    (एक)
    झापाबाट इलाम जेल सार्ने बहानामा २१ फागुन ०२९ मा सुखानी जंगलमा लगेर हत्या गरिएका पाँच सहिदमध्येका एक रामनाथ दाहालले ओलीलाई ६ कक्षादेखि आफ्नो घर चारपानेमा ल्याएर अध्ययन गराएका थिए । दाहालकै सामिप्यतामा आएपछि ओली वाम आन्दोलनप्रति आकर्षित भएका थिए । किनभने तेह्रथुमबाट झापा नझर्दै दाहाल कम्युनिष्ट आन्दोलनप्रति झुकाव राख्ने भइसकेका थिए । उनै दाहालले ओलीलाई आफ्नो घरमा राखेर पढाउदै कम्युनिष्ट आन्दोलनमा आवद्ध गराएका थिए । 
    मंसिर ०२९ मा दाहाल पक्राउ पर्ने क्रममा ओली संयोगले मात्र जोगिएका थिए । दाहालसँगै पक्राउ परेका हुन्थे भने ओली पनि सायद उनीहरुसँगै सुखानी जंगलमा मारिन सक्थे । पक्राउ पर्नु चारदिन अघि मात्र दाहालसँगै ओली पनि भुमिगत भएका थिए र त्यसदिन घुम्दै घर नजिक पुगेका थिए । आफ्नो घरमा मानिसहरुको हुल देखेपछि उनले ओलीलाई तिमी यही बस्दै गर । म घरमा के भएछ हेरेर आउँछु भन्दै गएका थिए । घर पुगे लगत्तै उनी पक्राउ परे । यो दृश्य देखेपछि ओली भने प्रहरीबाट जोगिए ।
    (दुई)
    ०२८ सालमा एसएलसी दिएपछि झापाकै चारपानेस्थित प्राथमिक विद्यालयमा उनी केही समय अस्थाई शिक्षक भए । यही क्रममा राजनीतिप्रति उनको झुकाव कसिलो हुँदै गयो र कम्युनिष्ट पार्टीको सदस्यता लिदै भुमिगत यात्रातिर अघि बढे । शिक्षक छाडेर आन्दोलनमा होमिएकै कारण उनको औपचारिक शिक्षा एसएलसीभन्दा अगाडि बढ्न सकेन ।
    (तीन)
    भुमिगत, १४ बर्ष जेल र रिहा भएर लुम्बिनी अञ्चलको जिम्मेवारी लिउन्जेल ओलीको छद्म नाम ‘उत्तम’ थियो । ओलीले नेपालका ७५ वटै जिल्लाको भ्रमण गरेका छन् । 
    (चार)
    विद्यालय तहमा पढदैदेखि ओलीलाई सहकर्मीहरु ‘जिब्रो धेरै चलाउने, जिउ नचलाउने’ भन्ने गर्दथे । त्यसबेलैदेखि ओली कतिसम्म बाठा थिए भने पोष्टर, पम्प्लेटहरु टास्नु पर्दा सहकर्मीहरुलाई यहाँ टाँस्, उहाँ टाँस भनेर खटाउँथे । आफैं परिचालित हुन्नथे । तर, सम्वन्धित निकायमा मैले टाँसे भनेर रिर्पोटिङ गर्दथे ।
    (पाँच)
    ओलीले कार्तिक ०२९ देखि फागुन ०२९ सम्म झापा बिद्रोहको दोस्रो सचिवको जिम्मेवारी पाएका थिए । झापा विद्रोहका पहिलो सचिव राधाकृष्ण मैनाली क्षयरोगले सख्त भएर थलिएपछि हर्क खड्का, सिपी मैनालीलगायतको मिलोमतोमा ओलीलाई सचिव बनाइएको थियो । तर, त्यस अवधीमा उनले एउटा पनि बैठक राख्न नसकेपछि फागुनको दोस्रो साता ओलीलाई हटाएर सिपी मैनालीलाई तेस्रो सचिव बनाइएको थियो । 
    (छ)
    २१ फागुन ०२९ को सुखानी हत्या काण्डपछि ओली झापा बिद्रोहका अर्का अगुवा मोहनचन्द्र अधिकारीलाई खोज्दै विराटनगर आएका थिए । त्यहाँ उनले अधिकारी भारतको गोरखपुर पुगेको जानकारी पाए । यसपछि ओली उनलाई खोज्दै गोरखपुर नै पुगे । गोरखपुर पुग्दा अधिकारी कानपुरमा रहेको सुँइको पाए । ओली पनि कानपुर नै पुगे । उखु बारीमा काम गरेर दुृवै जना केही समय कानपुरमै बसे । यसपछि त्यहाँबाट नेपाल फर्कने क्रममा २३ असोज ०३० मा ओली र अधिकारी दुवै जना रौतहटबाट पक्राउ परे । त्यसपछि उनी एकै चोटी असार ०४४ मा मात्र जेलबाट रिहा भए । 
    (सात) 
    ०३२/०३३ मा ओली, अधिकारी र २० साउन ०३० मा झापाबाटै पक्राउ परेका राधाकृष्ण मैनालीलाई तत्कालिन सरकारले केन्द्रीय कारागारको गोलघर भित्र थुनेको थियो । गोलघरभित्र रहेको बेला ओली आन्द्राको अल्सर र क्षयरोगबाट  सख्त भएका थिए । त्यसबेला उनलाई दिसा–पिसाबमा जान समेत अरुको सहारा चाहिन्थ्यो । उनलाई राधाकृष्ण मैनालीले स्याहार सुसार गरेर बचाएका थिए । 
    (आठ) 
    जानकारहरुका अनुसार ०५४ को महाकाली सन्धी अघिसम्म ओलीमा राष्ट्रवादी सोच हावी थियो ।  महाकाली सन्धीसँगै दक्षिणी छिमेकीलाई रिझाएर सत्तामा पुग्ने बाटोमा लागे । उनलाई दक्षिण छिमेकीको सामिप्यतामा पुर्‍याउने काम माधव नेपालले गरेका थिए । त्यसको १८ वर्ष पछि मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भए ।