Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 28, 2015

नाकाबंदीले मधेश नै बढ़ी प्रभाबित

काठमाण्डौ १२, २०७२ बजारमा दैनिक उपभोगका वस्तुहरुको हाहाकार छ भने विपन्नहरुलाई छाक टार्न समस्या भएपछि केही संघसंस्थाले खाद्यान्न वितरण सुरु गरेका छन्।
पेट्रोलियम पदार्थको कालोबजारी सुरु भएको अनि खाद्य सामाग्रीको मुल्य अकासिएको छ।
दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुलाइ लामो आमहडतालले छाक टार्न समस्या भएको छ।बिहान र बेलुका खाद्यान्न वितरण गरिने स्थानहरुमा भीड लाग्न थालेको छ।काम बन्द भएपछि भोकभोकैको अवस्था आएको स्थानीय वासिन्दा बताउँछन्।खाद्य सामग्री बितरणमा सक्रिय जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुबनारायण यादवले ग्रामीण भेगबाट चामल ल्याएर वितरण गरिरहेको बताए।विभिन्न निकायहरुबाट खाद्य सामग्री संकलन गरी केहि संघसंस्थाहरुले बितरण गर्न थालेका छन्।"अहिले निम्न वर्गका मानिसलाई हामीले केही राहत वितरण गरेर उनीहरुको ज्यान जोगाउनको लागि यो कार्यक्रम सुरु गरेका छौं," उनले भने।

विपन्नहरुका लागि भोजन शिविर सञ्चालन गर्न आन्दोलनरत दलहरुले विज्ञप्ति जारी गरि आह्वान गरेका छन्।उनले भने, "झन्डै ४६ दिनदेखि वीरगंज बाहिरका कोशी पूर्वका ग्यासहरु यहाँ आइरहेका छैनन्। मागको १० प्रतिशत भएको स्टक आजभन्दा १०/१५ दिन पूर्व नै समाप्त भइसकेको छ। व्यवसायी कुटिने दिन आइसकेको छ।"बजारमा ग्यास आपूर्ति नभएको डेढ महिना भइसकेको जनकपुर अञ्चल ग्यास ब्यवसायी संघका अध्यक्ष मनोजकुमार चौधरीले जनाए।

पेट्रोलियम पदार्थको लामो समयदेखि अभाव भएपछि कालोबजारी सुरु भएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका पूर्व उपाध्यक्ष रघुनाथप्रसाद साहले जनाए।उनले भने, "कोशीदेखि बाग्मतीसम्मको जनताले ३०० रुपैँया प्रति लिटर तिर्न वाध्य भइरहेको छ। जुन तेल भारतीयबाट कालो बजारी गर्नेले जर्कीनमा लिएर आउँछन्।"
तराईमा आमहडतालसँगै भन्सारमा नाकाबन्दी गरिएको छ।

दिल्लीमा प्रचण्ड, शुसिल र ओलीको पुतला जलाए

  काठमाण्डौ १२, २०७२ दिल्लीमा नेपाल राजदूतवास अगाडी मधेशी मोर्चाका कार्यकर्ताले नेपालको सम्भिधानको बहिस्कार गर्दै , प्रचण्ड, शुसिल र ओलीको पुतला जलाएका छन | प्रदर्शनकारीले Thank you India, Not my Constitution , मधेशी एकता जिंदाबाद, तानाशाही नहीं चलेगा, नेपाल सरकार मुर्दाबाद जस्ता नारा लगाएका थिए |







Saturday, September 26, 2015

आजदेखि सवारीमा जोरबिजोर प्रणाली

काठमाडौं: भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भएपछि सरकारले आइतबारदेखि देशभर सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।
 
गृह मन्त्रालयमा शनिबार बसेको मन्त्रीस्तरीय बैठकले आपूर्ति रोकिएको अवस्थामा मौज्दात इन्धन व्यवस्थित गर्न जोरबिजोर प्रणाली लागू गरेको हो । गृहले जोर गतेका दिन जोर नम्बर प्लेट भएका गाडी र बिजोर गते बिजोर नम्बर प्लेट भएका गाडी चलाउन अपिल गरेको छ। 
 
यो प्रणाली अत्यावश्यक (प्रहरी, सकारका उच्च पदस्थ, सेना, एम्बुलेन्स, अस्पताल, दूध, पानी, स्कुल, ग्यास, प्रेस र अनुगमनमा खटिएका सवारीसाधन) बाहेकको हकमा लागू हुने जानकारी गृह मन्त्रालयका प्रवक्ता सहसचिव लक्ष्मी ढकालले दिए। 'केही दिनदेखि भारतीय सीमामा रहेका भन्सार नाका अवरुद्ध भई भारतीय आयल निगमबाट समेत पेट्रोलियम पदार्थ आपूर्तिमा असहज परिस्थिति उत्पन्न भएको छ। 
 
मुलुकमा मौज्दात पेट्रोलियम पदार्थको अत्युत्तम व्यवस्थापन गर्न आवश्यक भएकाले यस्तो निर्णय गरिएको हो,' ढकालले भने। उनले सरकारले गरेको निर्णय नमान्नेलाई कारबाही गर्न प्रहरी र यातायात व्यवस्था विभागलाई जिम्मेवारी तोकिएको जानकारी दिए।
 
गृहले शनिबार विज्ञप्ति जारी गर्दै, ‘यो व्यवस्थापनबाट पर्न जाने असरप्रति संवेदनशील हुँदै आपूर्ति सहज गराउन सरकार प्रयत्नशील रहेको र आपूर्तिमा सुधार नभएसम्म धैर्य गरी पेट्रोलियम उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यक रूपमा सञ्चय नगरिदिन सबैमा अनुरोध' गरेको छ।गृहले कालोबजारी र कृत्रिम अभाव नगर्न र नगराउन समेत सबैमा अपिल गर्दै त्यस्तो पाइएमा कारबाही गर्नेसमेत उल्लेख गरेको छ।
 
सरकारले यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई जानकारी नै नदिई एकलौटी जोरबिजोरको निर्णय गरेको हो। महासंघका महासचिव सरोज सिटौलाले सरकारले आफूहरूलाई जानकारी नदिई निर्णय गरेकामा आपत्ति प्रकट गरे। 
 
'निर्णयको औपचारिक जानकारी आएको छैन। आइतबार यातायात मन्त्रालयमा बोलाइएको बैठकमा राय राख्छौं,' सिटौलाले भने। उनका अनुसार मुलुकभर निजी तथा सार्वजनिक गरी १८ लाखभन्दा बढी सवारीसाधन गुड्छन्।
 

नवलपरासीमा ४८ दिनपछि शैक्षिक संस्था र पसलहरु खुले

नवलपरासी, असोज १० । मधेस केन्द्रित दलको आन्दोलनका कारण विगत ४८ दिनदेखि बन्द रहेका नवलपरासीको सदरमुकाम परासीसहित दक्षिणभेगका शैक्षिक संस्था र पसल, व्यवसायहरु आइतबार देखि सञ्चालनमा आएका छन् ।
आन्दोलनरत पक्षले समय तोकेर दुई क्षेत्रलाई खुला गर्न दिएका हुन । जसमध्ये बिहान ६ बजेदेखि १० बजेसम्म शैक्षिक संस्था र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्न दिइएको हो ।
सीमांकन भए लगत्तै साउन २५ देखि सुरु भएको आन्दोलनका कारण परासी सदरमुकामसहित दक्षिण भेग ठप्प छ ।
राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन । लामो समयदेखिको पठनपाठन बन्दले विद्यार्थीहरुको भविष्य अन्यौल हुँदा समेत वास्ता नगरेको भन्दै चौतर्फी आलोचना आएपछि आन्दोलरत पक्षले बिहानी सत्रमा शैक्षिक संस्था खोल्न दिएका हुन ।
आन्दोलनका कारण परासी क्षेत्रका करिब एकसय बढी निजी तथा सरकारी स्कुल र कलेजको पठनपाठन ठप्प थियो ।

हाम्रो घरमा मातम र तिम्रो घरमा दशैं-तिहार : राजेन्द्र महतो

असोज १०, २०७२ सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले संबिधान र मधेशी माग पूर्तिको लागी बिरगंज भंसार नाका को नाकाबन्दी गरेका छन | सदभावना पार्टी को जिम्मा मा रहेको बिरगंज भंसार नाका को नाकाबन्दीको नेतृत्व  सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोले स्वयंम लिनुभएको छ।हाम्रो घरमा मातम र तिम्रो घरमा दशैं-तिहार भन्ने नारा लगाउँदै अध्यक्ष राजेन्द्र महतोले जुलूसलाई अगाडि बढाएका थिए | आफ्नो माग पूरा नभए सम्म सो नाकाबंदी नखोलने वहाँको भनाई छ|



नाकाबन्दीको नेतृत्व लिन सदभावना पार्टी को जिम्मा मा रहेको बिरगंज भंसार नाका को नाकाबन्दीको नेतृत्व लिन बिरगंज तर्फ प्रस्थान गर्दै सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो|



सदभावना पार्टी के सह महासचिव श्री राज कुमार गुप्ता लगायत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ता सिरहाको लहानमा राजमार्ग ठप्प पार्दै।



ताप्लेजुङ सदरमुकामको बजारहरुमा लामो समयदेखि बजार अनुगमन नहुँदा उपभोत्ताहरु मारमा

सन्तोष पुर्कुटी / ताप्लेजुङ, ९ असोज – ताप्लेजुङ सदरमुकामको फुङ्लीङ बजार लगाएत जिल्लाका अन्य ठुला बजारहरुमा लामो समयदेखि बजार अनुगमन नहुँदा उपभोत्ताहरु मारमा परेका छन् । बजार अनुगमन नहुँदा गुणस्तरहिन, म्याद सकिएका अखाद्य तथा पेय पदार्थ खुलेआम विक्रि हुने गरेको उपभोत्ताहरुको गुनासो छ ।
विशेष गरि जिल्लाको दोश्रो ठुलो बजार दोभान बजार, खाम्दिम्वे लगाएतका बजार क्षेत्रमा अनुगमन नहुँदा आफुहरु ठगिने गरेको स्थानिवासीको भनाई छ ।
ताप्लेजुङमा बजार अनुगमन नहुँदा उपभोत्ता ठगिदै
सामान्य लेख पढ भएकाले कतिपय खाद्य वस्तुको उपभोग्य मिति हेर्न सके पनि हेर्नै नजान्नेले तिनै म्याद नाघेका वस्तु प्रयोग गर्ने गरेको पाईएको छ । व्यापारीले समेत म्याद गुज्रेका सामान तिनै अनपढ सर्वसाधरणलाई मौका छोपेर वेच्ने गरेको कतिपयको भनाई छ । यस्तै दशंै तिहार जस्ता चाड पर्व नजिकिदै जादा किनमेल बढि हुने भएकाले आफुहरु थप ठगिने सम्भावना भएको समेत वढेको उपभोत्ताले वताएका छन् ।
कतिपय पसलहरुमा ढक तराजुको सट्टा अरुनै वस्तुको प्रयोग गर्ने र त्यस वाट समेत आफुहरु ठगिएको उनिहरुको गुनासो छ । अनुगमनकै अभावमा व्यापारीले आफखुसी मुल्यन तोक्ने गरेका छन् भने सदरमुकाम क्षेत्रमै अधिकांस पसलहरुमा मुल्य सुचिनै राखेको पाईदैन् । कतिपय होटलहरुमा चुल्होकै छेउमा पेय पदार्थहरु धुवाको मुस्लोमा गुम्सिएको पाईन्छन् भने खाने कुरा समेत वासी सडेगलेका वेच्ने गरेका छन् ।
यसरी खुलेआम अनियमितता हुँदा समेत सम्वन्धित निकाय मौन वसेको उपभोत्ताको आरोप छ । यता कहिले काही हुने गरेको वजार अनुगमन पनि सदरमुकाम केन्द्रित भएकाले गाँउ गाँउमा खोलिएका पसलहरुमा खुलेआमनै यस्ता अखाद्य, गुणस्तरहिन सामाग्री वेचविखन हुने गरेको स्थानियवासीको भनाई छ ।
यस्तै उद्योग वाणिज्य संघले भने आफुहरुकै पहलमा बजार मुल्य तोकिदिएको र सोही अनुसार विक्रि वितरण भएको दावी गरेको छ भने सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहेको वजार अनुगमन समितिले सदरमुकाम वाहेकका क्षेत्रमा वाक्लो रुपमा अनुगमन नभएको स्वीकार गर्दै वजार क्षेत्रमा आवस्यकता अनुसार अनुगमन हुदै आएको वताएको छ ।

कुमारीलाई तलेजु मन्दिर दर्शन गराइयो

काठमाडौं, असोज ९ । इन्द्रजात्राको दोस्रो दिन शनिबार जीवित देवी कुमारीलाई तलेजु मन्दिर दर्शन गराइएको छ ।बाजागाजा सम्मिलितको टोलीले जीवित देवी कुमारीलाई मल्लकालीन दरबारको शक्तिपीठ दर्शन गराइएको हो ।इन्द्रजात्रा अवधिभर बसन्तपुरको कुमारी घरबाट ४ पटक जीवित देवी कुमारी विभिन्न ठाउँमा 
दर्शनका लागि निस्कनुपर्ने चलन छ ।
सोही क्रममा शुक्रबार कुमारीलाई रथमा राखेर तलेजु मन्दिर लगिएको इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।
प्रत्येक वर्ष भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो ठड्याइएको भोलिपल्ट कुमारीलाई तलेजु मन्दिर दर्शन गराउनुपर्ने परम्परा छ ।
सोही दिन वर्षभरिमा दीवंगत आत्माको चीरशान्तिको कामना गरी स्थानीय बासिन्दाले नगर परिक्रमा गर्ने चलन छ । १८औं शताब्दीमा राजा गुणकाम देवले सुरु गराएको इन्द्रजात्रा पर्व प्रत्येक वर्ष मनाइँदै आएको छ ।