Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, September 2, 2015

जनकपुर निषेधित घोषणा

जनकपुरधाम : आन्दोलनरत मधेशी मोर्चा तथा प्रहरीबीच झडप बढेपछि जनकपुरमा आज दिउँसो १२ बजे देखि स्थानीय प्रशासनले निषेधित घोषणा गरेको छ ।

धनुषाको सरकारी कार्यालय क्षेत्रलाई सुरक्षित राख्न जनकपुर उपमहानगपालिका–७ पुलचोकदेखि कदमचोकसम्मको बाटो, वडा नं. ४ को मशान घाटदेखि जिल्ला अदालतको बाटो र उत्तीमपुर कोलेनिका कार्यालयदेखि आन्तरिक राजश्व कार्यालय सम्मको क्षेत्रलाई  निषेधित क्षेत्र घोषणा गरिएको हो ।

स्थानीयप्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
यी क्षेत्रहरुमा पाँचजना भन्दा बढीको समूहमा हिँडडुल गर्न, सभा तथा जुलुस र प्रदर्शनमा रोक लगाइएको प्रजिअ पराजुलीले बताए  ।

बुधबार विहानैदेखि प्रर्दशनकारीले मुरली चोकस्थित जनकपुर अञ्चल प्रहरी कार्यालयलाई लक्षित गरी टायर बाली नाराजुलुश गरेपछि सयौंको संख्यामा प्रहरी खटाइएका छन् ।
सो क्षेत्रमा अहिले प्रहरी र प्रर्दशनकारीबीच ढुंगामुढा भइरहेको छ । अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको छ ।

यता, मोर्चाका कार्यकर्ताहरुले दिउँसो २ बजेदेखि निषेधित क्षेत्रहरुमा प्रर्दशन गर्ने सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले जानकारी दिए । निषेधित क्षेत्रहरुमा प्रहरीको बाक्लो उपस्थिति छ । 

केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

काठमाडौं, भदौ १६ । नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
दुई नेताबीच बुधबार सिंहदरवारमा संघीय प्रदेशहरुको सीमांकनको विषयलाई लिएर देशका विभिन्न भागमा जारी आन्दोलन र समाधानका लागि गर्नुपर्ने प्रयासहरुबारे छलफल भएको हो ।
छलफलमा दुबै नेताले तत्काल वार्ता थालेर असन्तुष्ट पक्षलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउनेमा जोड दिएको बताइएको छ ।
यस्तै साझा धारणा बनाएर संविधानको विधेयकमा संशोधन प्रस्ताव राख्ने विषयमा पनि छलफल भएको जनाइएको छ । 

प्रधानमन्त्री वार्ताबाटै निकास खोज्न तयार

जनजाति नेतालाई प्रधानमन्त्रीले भने– वार्ताबाटै निकास खोज्न तयार छौ

काठमाडौं, भदौ १६ । प्रधानमन्त्री सुशील कोइरालाले हत्या, हिंसा र आन्दोलनले मुुलुकलाई निकास नदिने भन्दै वार्ताकै माध्यमबाट निकास खोज्न आफू तयार रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आदिवासी जनजाति बृहत संयुक्त मोर्चासँगको भेटमा प्रधानमन्त्री कोइरालाले सबैमा शान्तिको चाहना भए आन्दोलन, तोडफोड, हत्या, हिंसा छाडेर वार्तामा आउन आग्रह गरे ।
शान्तिको भाषण गरेर मुलकलाई अशान्तिमा परिणत गर्न खोजे दूर्भाग्य हुने भन्दै उनले सद्भाव, मेलमिलाप र वार्ताबाटै निकास निस्कनेमा आफू ढुक्क रहेको बताए । शान्तिपूर्ण माग राख्ने सबैको अधिकार सुरक्षित भएको भन्दै कोइरालाले जारी हुन लागेको लोकतान्त्रिक संविधानमा सबैका हक, अधिकार सुरक्षित हुने पनि बताए ।
कोइरालाले आदिवासीका माग सम्बोधन हुने भन्दै आन्दोलनमा नगई वार्ताको माध्यमबाटै संविधान निर्माणमा सघाउन आग्रह गरे ।
आदिवासी नेताहरुले भने संवैधानिक आदिवासी, जनजाति आयोग बन्नुपर्ने, नयाँ बन्ने संविधानमा जनजातिका हक, अधिकार सुनिश्चित हुनुपर्नेलगायतका ११ सूत्रीय माग राखेका थिए ।

Tuesday, September 1, 2015

वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी

पर्सा: पर्साको वीरगन्जमा आन्दोलनकारीले दुइ वटा सवारी साधनमा आगजनी गरेका छन्। उनीहरुले आन्तरिक राजस्व कार्यालयमा राखिएको बा १ झ २७ २५ नम्बरको सेन्ट्रो कार ना १झ ७९१ नम्बरको बलेरो जीपमाथि आगजनी गरेका हुन्। 
आन्दोलनकारीले बिहानैदेखि कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन गरिरहेका छन्। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले वीरगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार दिउँसो ४ बजेबाट नै अनिश्‍चितकालिन लगाएको कर्फ्यु लगाए पनि आन्दोलनकारीले भने कर्फ्युको उल्लंघन गर्दै पर्साको लक्ष्मणवा चोक, गण्डक, मुर्ली, छपकैंयालगायतका स्थानमा प्रदर्शन गरिरहरेका छन्।
प्रहरी र आन्दोलनकारीबीचको झडपमा परी मंगलबार १५ जना आन्दोलनकारी घाइते भएका छन्। यसअघि सोमबार भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। 

नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले संविधानसभा घेराउ

काठमाडौं, भदौ १५ । राप्रपा नेपालले संविधानसभा घेराउ गर्दैछ । मध्यान्ह दशरथ रंगशालाबाट निस्किएको जुलुस माइतीघर हुँदै नयाँ बानेश्वरमा पुगेर संविधानसभा घेराउ गरेको हो ।
नयाँ संविधानमा हिन्दु राष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले संविधानसभा घेराउ कार्यक्रम आयोजना गरेको हो । हिन्दु राष्ट्र कायम नभएसम्म संघर्ष जारी राख्ने सो पार्टीले जनाएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा कार्यकर्ताहरु संविधानसभा घेराउमा सहभागी भएका छन् ।
संविधानसभा आसपास सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ । प्रहरीले नयाँ बानेश्वर चोक आसपास जुलुस प्रदर्शनमा रोक लगाएको छ ।