Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, August 25, 2015

धादिङको चिसापानीमा भ्यान दुर्घटना : एक जनाको मृत्यु ६ घाईते

धादिङ, भदौ ९ । धादिङको चिसापानीमा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।
मंगलबार राति साढे ११ बजे सडक छेउमा रोकी राखेको बा२ख ४०४५ नम्बरको भ्यान अचानक गुडेर खोल्सामा खसेको हो । दुर्घटना पश्चात चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धादिङ फुलखर्ककी ७० वर्षीया बृद्धा बुनाकुमारी बिक, ३७ वर्षीय चेतबहादुर बिक, ५ वर्षीया सीमा बिक, २३ वर्षीय मिलन राना, १९ वर्षीय रामकाजी राना र नाम थर खुल्न नसकेकी एक महिला घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा

काठमाडौं, ८ भदौ । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको घटनामा थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा परेका छन् ।सरकारले डीआइजी चौधरीसहित नेपाल प्रहरीका डीआइजी रामकुमार खनाल र कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई पनि कारवाही गरेको छ ।घटनामा शान्तिसुरक्षा दिन नसकेको, पूर्वतयारी नगरेको, सशस्त्र प्रहरी मुकदर्शक बनेर व्यारेक फर्किएको, स्थानीय प्रशासनले गलत सूचना सम्प्रेण गरेको लगाएका आरोपमा गृह मन्त्रालयले तीनै जनालाई २४ घण्टे कारवाही गरी हेडक्वाटर तानेको हो ।
               डीआईजी चौधरी र खनाललाई हेडक्वाटरमा तानिएको छ भने, सिडियो श्रेष्ठलाई गृहमन्त्रालयमा तानिएको हो । यसअघि सशस्त्रका डीआईजी चौधरीमाथि थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेको थियो ।
टीकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले डीआइजी चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका थिए । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा दिनुपर्ने बताएका थिए ।
               सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको थियो ।घटनामा नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो ।


सुनसरीमा गर्भवती बोकेर गुडेको एम्बुलेन्सै तोडफोड

सुनसरी, भदौ ८ । थरुहट संघर्ष समितिको आन्दोलनका कारण सुनसरीको दुहबी भलुवा नगरपालिकामा तनाव सिर्जना भएको छ ।

सुनसरीको दुहबी नगरपालीका, औरावनी, सिमरियालगायतका गाविसबाट आएका थरुहट कार्यकर्ताले मंगलबार दुहवीमा प्रदर्शन गरेका हुन् ।

गृहमन्त्री बामदेव गौतमको राजीनामा माग्दै प्रर्दशनकारीले लाठी जुलुस निकालेपछि दुहबी भलुवा नगरपालिकामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रर्दशनकारीले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर जाँदै गरेको एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन् 



Monday, August 24, 2015

थरुहटको आन्दोलनमा पूर्वमाओवादी लडाकुको संलग्नता

काठमाडौं, ८ भदौ । टीकापुरको क्रृर अमानवीय घटनाबाट बालबाल ज्यान जोगाएका सशस्त्र प्रहरीका एसपी लक्ष्मनबहादुर सिंहले थरुहटको आन्दोलनमा पूर्वमाओवादी लडाकुको संलग्नता रहेको बताएका छन् । ‘यति ठुलो अमानवीय घटना थरुहट आन्दोलनकारीबाट मात्र भएको होइन’ एसपी सिंहले भने ‘मेरो सुचनामा पूर्व माओवादीका लडाकुहरुको घुसपैठ थियो ।’
अघिल्लो दिनमात्र आन्दोलन शान्तिपूर्ण गर्ने थरुहट नेता र स्थानीय प्रशासनबीच सम्झौता भएको थियो । सम्झौता भएको दोस्रो दिन नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक नावालक मारिएका छन् । हजारौको संख्यामा आएका आन्दोलनकारीकाबीच प्रवेश गरेका पूर्वमाओवादी लडाकुले पहिले सुरक्षाकर्मीका कमाण्डरमाथी आक्रमण गरेका थिए । आन्दोलनकारीलाई सम्झाउन खोजिरहेका बेला पूर्वमाओवादी लडाकुले  एसएसपी लक्ष्मण न्यौपानेको हत्या गरेको उनले बताए । ‘एसएसपी सावले भाइहरु नगर भन्दै सम्झाउँदै हुनुहुन्थ्यो’ एसपी सिंहले भने ‘त्यहीबेला एक्कासी चारैतिरबाट घेराहाली एसएसपी सावको हत्या गरियो ।’
‘उनीहरुको आक्रमण कुनै सिधासादा जनताले गरेको जस्तो थिएन’ एसएसपी सिंहले भने ‘पुरै तालिम प्राप्त सेनाबाट गरिएको जस्तो थियो ।’ आक्रमणमा सहभागि भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटना तालिम प्राप्त ब्यक्तिहरुको समुहबाटै भएको निस्कर्ष निकालेका छन् । घटनामा घरेलु हतियार भाला मात्र नभई भरुवा बन्दुक पनि प्रयोग गरिएको थियो ।
‘हामी दुई ठाउँबाट निस्कन खोज्यौ तर निस्किने ठाउँ नै थिएन, एसपी सिंहले भने ‘जनताले गरेको आन्दोलन र भिडन्तमा यस्तो हुँदैन ।’ उनले पूर्वमाओवादी लडाकुहरु दुई दिनअघि बाँके, बर्दिया, र दाङबाट आएको एसपी सिंहले बताए । ‘उनीहरु २ दिनअघि कैलाली प्रवेश गरेको हामीलाई जानकारी थियो, तर शान्तिपूर्ण आन्दोलन भएकाले हामीले कुनै गोली बर्साएनौ’ उनले भने ‘हामीले गोली हानेको भए धरैको ज्यान जान सक्थ्यो ।’



आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाए

रौतहट, ८ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् । केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ । प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए । 





टीकापुरमा फेरि चार राउन्ड हवाइ फायर : प्रदर्शनकारीहरुले अस्पताल घेराउ

 कैलालीको टीकापुरमा प्रदर्शनकारीले कर्फ्यूको अवज्ञा गरेको छन्। जलुस निकालेर अवज्ञा   भएपछि प्रहरीले भीड नियन्त्रण लिन चार राउन्ड हवाइ फायर गरेको छ। टिकापुर अस्पतालमा रहेका शव उठाउन खोजेपछि प्रदर्शनकारीहरुले अस्पताल घेराउ गरेर नाराबाजी गरेका थिए। 
 
यस्तै धनगढीमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्‍म कर्फ्‍यु लागइएको छ। कैलालीका ६ वटा गाविस  मनुवा, जोखिमपुर, नारायणपुर, धनसिंहपुर, पथरैया, दुर्गौली र टीकापुर नगरपालिकामा कर्फ्‍यु आदेश जारी गरेको प्रमुख जिल्‍ला अधिकारी राजकुमर श्रेष्ठले जानकारी  जानकार दिएका छन्। 


सात प्रहरी र एक नाबालकको मृत्यु, हराएका १५ प्रहरी राति सम्पर्कमा आए


कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारी र प्रहरीबीच सोमबार दिउँसो भएको झडपमा एसएसपीसहित सात प्रहरी र एक नाबालकको मृत्यु भएको छ ।
 दुवै पक्षका ५० भन्दा धेरै घाइते भएका छन् । झडपमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारहरू रामबिहारी ठाकुर र ललित साउदको मृत्यु भएको छ । त्यस्तै, घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागेर मृत्यु भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार झडपमा आन्दोलनकारीतर्फ भने कोही हताहत भएका छैनन् । ५० भन्दा धेरै घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । तीन आन्दोलनकारी गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
प्रहरी सधैँजस्तै ढुंगामुढा भए बल प्रयोग गर्ने मनस्थितिमा गएको थियो, तर प्रदर्शनकारीले सीधै एसएसपीलाई निसाना बनाए, त्यो पनि तरबारले । आँखामा चोट लागेपछि लडेका न्यौपानेमाथि थप आक्रमण भयो । जोसँग जे हतियार छ, त्यसैले प्रहार गर्न थाले । न्यौपाने, उनका बडिगार्ड, इन्स्पेक्टरद्वय केशव बोहरा र बलराम विष्टसहित सात प्रहरी र एक बालकको निधन भयो ।
भीड बेकाबु भयो, हतियारधारी प्रदर्शनकारी हाबी भएपछि इलाका प्रहरी कार्यालयबाट समेत प्रहरीको भागाभाग भयो । आन्दोलनकारी मुख्य बजारमा आइपुगे, बजार कब्जामा लिएर नाराबाजी गरिरहे । कफ्र्यु लागे पनि आन्दोलनकारी बजार क्षेत्रमै थिए, साँझ पाँच बजे उनीहरू फर्किएपछि स्थिति अलिक शान्त भयो । त्यतिन्जेलसम्म कैयौँ प्रहरी सम्पर्कविहीन थिए । उनीहरू सबै मारिएको अनुमान भयो । त्यसैको आधारमा समाचार बने । तर, सशस्त्रका एसपी लक्ष्मण सिंहसहित साँझ सम्पर्कमा आए ।