कैलाली/कञ्चनपुर, भदौं १ । १३ दिनदेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो ।कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारीसभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग गर्दै अखण्ड सुदुरपश्चिम पक्षधरले बन्दको आह्वान गरेका हुन् ।बन्दका कारण सुदूरपश्चिमकै ९ जिल्लामा यातायात र शैक्षिकसंस्था ठप्प बनेका छन् । पसल भने आंशिकरुपमा सञ्चालनमा छन् ।बन्दका कारण भारतबाट आउने यात्रु, दैनिक मजदुरी गरी जिविका चलाउने मजदुर र सर्वसाधारण बढी मारमा परेका छन् ।लगातारको बन्दका कारण कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लाहरुमा इन्धन, खाद्यान्न र ग्यांसको अभाव भएको छ ।यसैबीच, सोमबार धनगढीमा थारु कल्याणकारी सभाले आयोजना गरेको आमसभालाई विभिन्न दलका नेताहरुले सम्बोधन गरेका छन् ।वैद्य माओवादीका सचिव देव गुरुङ, रानाथारु संघर्ष समितिका संयोजक मालामती राना, नेपाली काँग्रेसका सभासद तेजुलाल चौधरी लगायतले सम्बोधन गरेका थिए ।थरुहट पक्षधरको सभा अवरोध गर्न अखण्ड सुदूरपश्चिम पक्षधरले ठाउँमा ठाउँमा प्रदर्शन गरेका थिए ।केही ठाउँमा दुई पक्षबीच दोहोरो झडप समेत भयो भने प्रहरीले थुप्रै सेल अश्रुग्यास प्रहार गरेको थियो ।
Taja Samachar Nepal
News
Monday, August 17, 2015
संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने
काठमाडौं, श्रावण ३२ । संविधानसभाअन्तर्गतको मस्यौदा समितिले संविधानको मस्यौदा बनाउन अझै केही दिन लाग्ने जनाएको छ ।विवादित विषयमा सहमति जुट्न नसकेपछि समितिले मस्यौदा लेखनको काम निर्धारित समयमा नसक्ने जनाएको हो ।संविधानसभाले समितिलाई सोमबारसम्म मस्यौदा तयार पार्ने जिम्मेवारी दिएकोथियो ।तर शीर्ष नेताहरुले संघीयताको सिमांकनलगायतका विषयमा सहमति जुटाउन नसकेका कारण मस्यौदा समितिसमेत प्रभावित भएको हो ।
समितिको सोमबारको बैठकपछि सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा लेखनको काम सम्पन्न गर्न अझै केही दिन लाग्ने जानकारी दिए ।
त्यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले असन्तुष्ट पक्षहरुसँग छलफल गरी सबैका सुझाव समेट्ने गरी काम गरिने बताए ।उनले प्रारम्भिक मस्यौदामाथि आएका सुझावलाई समेट्न र असन्तुष्ट पक्षहरुसँग वार्ता गरी मस्यौदा तयार पार्न थप केही समय लाग्ने बताए ।संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले तयार पारेको प्रतिवेदनमाथि संविधानसभामा छलफलपछि मस्यौदा समितिलाई संविधानको विधेयक तयार पार्ने जिम्मेवारी दिइएको थियो ।समितिलाई पाँच दिनभित्र विधेयक तयार पार्न संविधानसभाले निर्देशन दिएको थियो । समितिलाई दिइएको समय सीमा सोमबार सकिँदै छ ।
गोली चल्यो जुम्लामा:प्रहरीले तीन राउण्ड गोली चलाए
जुम्ला, श्रावण ३२ । कर्णालीलाई संघिय संरचनामा सुदुरपश्चिमसंग गाभेको र विशेष अधिकार सहितको कर्णाली प्रदेशको माग गर्दै जुम्लामा सुरु भएको कर्णाली आन्दोलनको नवौ दिन आज (सोमबार) जुम्लामा गोली चलेको छ ।
कर्फ्युको अवज्ञा गरेको भन्दै प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।कर्फ्युकैबीच आन्दोलनकारीहरुले सरकारी कार्यालयको बोर्ड निकालेर फ्याकिदिएपछि प्रहरीले गोली चलाएको हो ।कृषि अनुसन्धा केन्द्र राजिकोट र जिल्ला वनस्पति कार्यालयको साइनबोड आन्दोलनकारीहरुले जफत गरेका छन् ।जुम्लामा लागेको अनिश्चितकालिन कफ्र्यूको अवज्ञा गर्दै गाउँ गाउँबाट खलंगा तर्फ मानिसहरु आइरहेका छन् ।जुम्ला पुरानो वसपार्कमा नारा जुलुर गर्दै टायर जलाएर कफ्र्यूको अवेज्ञा गरेका हुन् । उनीहरु नारा जुलुस गर्दै खलंगा आउने तयारी गरिरहेका छन् ।आइतबार खलंगा बजारमा शान्तिपूर्ण आन्दोलन गरिरहेका वेला प्रहरीले गोलीचलाएको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन्
शसस्त्रका हवल्दार घाइते :आफैंले बोकेको बन्दुक पड्किँदा
नवलपरासी, श्रावण ३२ । आफैंले बोकेको बन्दुक पड्किँदा नवलपरासीस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प बेलासपुरका शसस्त्र प्रहरी हवल्दार काशिराम विक घाइते भएका छन् ।
वेलासपुरमा भएको आन्दोलनमा खटिएका विकले बोकेको बन्दुक पड्किँदा उनी घाईते भएका हुन् ।
उनको देबे्र खुट्टामा गोलीलागेको छ । घाईते विकको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ
Sunday, August 16, 2015
बिन लादेनका छोराको चेतावनी : अमेरिकामा भयानक आक्रमण
आतंकवादी संगठन अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनका छोराले पिताको बिँडो समात्ने संकेत गरेका छन् ।
जारी भिडियोको तस्विरमा एक बच्चा बेलाको अवस्थामा देखिने हमजाले अमेरिका र उसका सहयोगी देशसँग बदला लिने उद्घोष गरेका हुन् ।
अहिले २५ वर्षका हमजालाई अलकायदामा ओसामा बिन लादेनका उत्तराधिकारी राजकुमारको रुपमा हेरिएको छ । उनलाई यो संगठनको भविस्यको नेता समेत मानिएको छ ।
Thursday, August 13, 2015
पसलेलाई तलवार हमला : वीडियो हेर्नुहोस
रजनीशले स्थानीय गुण्डा बिरूद्ध कदम चालेको हुनाले उनी माथि सो आक्रमण भएको जानकारी प्राप्त भएको छ।गुण्डा बिरूद्ध उनले सबै पसलेहरूलाई भेला हुन आह्वान गरेका थिए। हाल हमलावरलाई प्रहरीले आफ्नो हिरासतमा लिएका छन्। सो हमला सी सी टिभी क्यामरामा कैद भएको छ।
Wednesday, August 12, 2015
ज्योति मगर पीटीए वीडियो हेर्नुहोस
Subscribe to:
Posts
(
Atom
)






